काठमाडौं। भारी वर्षाका कारण केही क्षेत्रका नदी तथा खोलामा बाढी आउनसक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, कालिकोट, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने र प्रायमा आकस्मिक बहाव बढ्नेछ।
कान्द्रा, मोहना, खुट्टिया, मछेली, सुहेली, चौधर, रंघुन, चमेलिया खोलालगायतका तटिय क्षेत्रमा उच्च सावधानी अपनाउन अनुरोध गरिएको छ।
त्यस्तै बूढीगंगा नदीजलाधार अछामको साँफेबगर र आसपास पछिल्लो ३ घण्टा अतिभारी वर्षामापन भएकोले अछाम भई बहने सानाखोलामा एक्कासी बाढी आउन सक्ने, बूढीगंगामा सतर्कता तहको बाढी हुनको साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकोले दिउँसोसम्म उच्च सतर्कता अपनाउन अपील गरिएको छ।
" /> काठमाडौं। भारी वर्षाका कारण केही क्षेत्रका नदी तथा खोलामा बाढी आउनसक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ।महाशाखाका अनुसार बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, कालिकोट, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने र प्रायमा आकस्मिक बहाव बढ्नेछ।

">