काठमाडौं। समरी जनरल सैनिक अदालतले २०७७ साउन ३२ गते नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महा सेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गर्याे। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम उनीहरूलाई कारबाही गरिएको हो।
सैनिक अदालतले सहायक रथी जबराबाट १ करोड ५२ लाख २६ हजार ३ सय २१ रूपैयाँ ९९ पैसा र महा सेनानी सिलवालबाट १५ लाख ७९ हजार ४ सय ८० रूपैयाँ असुल उपर गर्न भनेको छ। सोही घटनामा सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत दिएको छ।
०००
२०७७ जेष्ठ १६ गते सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा ९ जना सैनिकलाई कारबा गर्याे। कारबाही गरिएकामध्ये एक जना अवकाश प्राप्त पाइलट उपरथी सुधिर श्रेष्ठलाई नसिहत तथा रकम असुल उपर र ८ जना सैनिक अधिकृतहरूलाई सचेत गरायो।
पाइलट उपरथी श्रेष्ठ महानिर्देशक रहेको अवधिमा उनले ५८ लाख ९५ हजार ५९० रूपैयाँ ५९ पैसा हिनामिना गरेकोले उनीबाट उक्त रकम असुल उपर गर्न सैनिक अदालतको फैसलामा भनेको थियो। अन्य ८ जना अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रूपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउन समेत भन्यो।
०००
सैनिक अदालतले २०७७ जेठ ९ गते सैनिक आवासिय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा ३ जना सैनिक अधिकृत तथा २ जना अन्य दर्जाहरूलाई दोषी ठहर गर्याे। महा सेनानी भुपालमान अधिकारीले सैनिक आवासिय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरेको ठहर गर्दै २ महीना कैद र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरीने गरी सेवाबाट हटाउने फैसला गरेको थियो। साथै उनले गैर–कानूनी रूपमा आर्जन गरेको ठहरिन आएको १ करोड ८५ लाख ४० हजार १०८ रूपैयाँ ११ पैसा असुल उपर गर्न समेत अदालतले भन्यो।
सोही मुद्दामा प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरेको ठहर गर्दै अदालतले दुई वर्ष बढुवा रोक्का गर्ने र उनीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गर्न भन्यो। हुद्धा यज्ञराज पोखरेललाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरीने गरी सेवाबाट हटाउने र उनीबाट ३० लाख ६० हजार रुपैयाँ असुल उपर गर्न भन्यो।
हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरेको ठहर गर्दै २ बर्ष तलव वृद्धि (ग्रेड) रोक्का गर्ने र १० हजार रूपैयाँ असुल उपर गर्न भन्यो। लेखा सह–सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई नसिहत दिने फैसला अदालतले सुनाएको थियो।
०००
माथिका तीन प्रतिनिधि घटना पछिल्लो तीन महीनामा सैनिक अदालतले गरेका फैसला हुन्। यी तीन घटनामा मात्र सैनिक अदालतले ४ करोड ४७ लाख ५१ हजार ५०७ रूपैयाँ असुल उपर गर्न भनेको छ। यी घटनाले नेपाली सेनामा कसरी अनुशासनहिनता र भ्रष्टाचार मौलाइरहेको छ भन्ने स्पष्ट रूपमा चित्रण गर्छ।
नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार पछिल्लो दुई वर्षमा सैनिक आचरण विपरित कार्य गरेको आरोपमा २ हजार ६४२ सैनिक माथि कारबाही भएको छ। “पछिल्लो दुई वर्षमा अधिकृत तथा अधिकृत तहभन्दा माथिका १६१ जना र अन्य दर्जाका २ हजार ४८१ जना सैनिकमाथि विभिन्न प्रकारको कारबाही भएको छ,” सैनिक प्रवक्ता पौडेलले देखापढीलाई जानकारी दिए।
२०७५ सालमा ९५ जना सैनिक अधिकृत तथा सोभन्दा माथिल्लो दर्जाका सैनिक र एक हजार ६७ जना अन्य दर्जाका सैनिकमाथि कारबाही गरिएको थियो। २०७६ सालमा अधिकृत तथा सोभन्दा माथिल्लो दर्जाका ६६ जना र अन्य दर्जाका एक हजार ४१४ जना सैनिकमाथि कारबाही गरिएको उनले जनाए।
पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि सेनालाई अनुशासित बनाउन पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका तयार पारी कार्यन्वयनमा ल्याएका थिए। त्यसपछि अनुशासन तोड्ने सेनामाथि कारबाही गर्न थप सहज भएको थियो। उनको सोही प्रयासले अहिले सैनिक आचरण विपरित कार्य गर्ने सैनिकहरू धमाधम कारबाहीमा परिरहेका छन्।
थापाले प्रधानसेनापतिको जिम्मेवारी २०७५ भदौ २४ गतेबाट सम्हालेका हुन्। त्यसको करीब दुई वर्षमा सैनिक अनुशासन तोड्ने २६ सय बढी सैनिक माथि कारबाही भइसकेको छ। “अनुशासनको जग बसाल्न सैनिक आचरण विपरित कार्य गर्ने सैनिकमाथि कारबाही गरिँदै आइएको छ,” सैनिक प्रवक्ता पौडेलले भने। पछिल्ला कारबाहीले संगठनभित्र अनुशासन कायम गर्न सेनाले सम्झौता गर्दैन भन्ने स्पष्ट सन्देश दिएको उनले जनाए।
सैनिक आचरण विरुद्ध कार्य गर्ने सैनिकलाई अभियोग अनुसार बर्खास्त, बढुवा रोक्का, दर्जा घटुवा, तलवभत्ता बृद्धि रोक्का, नसिहत, कैद, सचेत पत्र लगायतका कारबाही गर्ने गरिएको छ। थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेलगत्तै सकलदर्जाहरूलाई सम्बोधन गर्दा अनुशासनमा नबस्नेलाई कारबाही गर्दा संगठनको साख नगिर्ने बरु यसले संगठनलाई विश्वसनीय बनाउने बताएका थिए।
राम्रो काम गर्नेलाई पुरस्कार
सेनाले संगठन भित्र अनुशासन तोड्नेलाई कारबाही गर्नुका साथसाथै राम्रो काम गर्नेहरूलाई पुरस्कृत गर्ने गरेको छ। “पछिल्लो दुई वर्षमा राम्रो काम गर्ने २ हजार १८५ सैनिक विभिन्न किसिमले पुरस्कृत भएका छन्,” सैनिक प्रवक्ता पौडेलले भने। राम्रो काम गर्नेलाई तक्मा तथा विभूषण, प्रशंसा निशान, विशेष बढुवा, विशेष तालिम, मानार्थ बढुवा, शान्ति सेनामा पठाउने, नगद प्रदान गरी पुरस्कृत गर्ने गरिएको छ।
२०७५ सालमा १२६ जनालाई तक्मा तथा विभूषण, २६५ जनालाई प्रशंसा निशान, ३०७ जनालाई विशेष बढुवा, १५३ जनालाई मानार्थ बढुवा, एक जनालाई संयुक्त राष्ट्रसंघको शान्ति सेनामा, ४७४ जनालाई नगद रूपैयाँ प्रदान गरि पुस्कृत गरिएको थियो। सैनिक प्रवक्ता पैडेलका अनुसार २०७६ सालमा ९९ जना तक्मा तथा विभूषण, ४९० जनालाई प्रशंसा निशान, एक जनालाई विशेष तालिम, १०३ जनालाई विशेष बढुवा, ११० जनालाई मानार्थ बढुवा, एक जनालाई शान्ति सेनामा र ५५ जनालाई नगर प्रदान गरी पुरस्कृत गरिएको थियो।
“सेनाभित्र अनुशासन कायम गर्न दण्ड–सजाय र पुरस्कार दुवै महत्त्वपूर्ण टुल हुन्। यसले अनुशासन कायम गर्न सघाउँछ,” सैनिक प्रवक्ता पाैडेलले भने।
" /> काठमाडौं। समरी जनरल सैनिक अदालतले २०७७ साउन ३२ गते नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महा सेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने फैसला गर्याे। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन, २०६३ बमोजिम उनीहरूलाई कारबाही गरिएको हो।सैनिक अदालतले सहायक रथी जबराबाट १ करोड ५२ लाख २६ हजार ३ सय २१ रूपैयाँ ९९ पैसा र महा सेनानी सिलवालबाट १५ लाख ७९ हजार ४ सय ८० रूपैयाँ असुल उपर गर्न भनेको छ। सोही घटनामा सैनिक अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोज बहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा, प्राविधिक सह सेनानी फिरोज महर्जन र जमदार भद्र बहादुर शाहीलाई नसिहत दिएको छ।

">