सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अभियुक्त पक्राउ गरिएको छ।
प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एक/एक गरी तीनजनालाई पक्राउ गरेको छ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा कुटपिट र लुटपाटका एक/एक गरी दुईजना पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले छ महीनाको कारागारको सजाय फैसला सुनाइएका लागुऔषधका एक फरार प्रतिवादीलाई पनि पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले अंश मुद्दाका एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ।
दुई वर्ष छ महीना कारागार सजाय सुनाइएका लागुऔषधका फरार अभियुक्तलाई पक्राउ गरी सम्बन्धित जिल्लाका अदालतमा बुझाएर फैसला कार्यान्वयन गराइएको छ। रासस
" /> सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा आठ फरार अभियुक्त पक्राउ गरिएको छ।प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले सुर्खेतमा चेक अनादर, जालसाज र जुवामा एक/एक गरी तीनजनालाई पक्राउ गरेको छ।

">