एउटै बोकाको मूल्य तीन लाख !

म्याग्दी। एउटै बोकाको मूल्य करीब तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर म्याग्दीका एक किसानले एउटै बोकालाई दुई लाख ९० हजारमा बिक्री गरेका छन् ।

बेनी नगरपालिका–९स्थित तोरीपानीमा ६ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई दुई लाख ९० हजार रुपैयाँमा बिक्री गरेका हुन् ।

रिजालले सञ्चालन गरेको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित कालीगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको क्रस नगरिएको उक्त बोका खरीद गरेका हुन् । रिजालको फार्ममा अहिले सात शुद्ध बोयर र २५ क्रस जातका बोयर बाख्रा छन् ।

स्थानीय जातका बाख्रामा नश्ल सुधारका लागि रिजालले अस्ट्रेलियाबाट उन्नत जातको बाख्रा आयात गरी ल्याएका थिए । ५ वर्षदेखि स्थानीय जातका बाख्रामा नश्ल सुधार गरी उन्नत बाख्रा उत्पादन गर्न थालिएको र नश्ल सुधार गरिएका बोयर बाख्राका पाठापाठी एउटैलाई एक लाखदेखि दुई लाख रुपैयाँसम्ममा बिक्री गर्दै आएको पनि रिजालले बताए ।

अहिले बोयर जातका बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्या्उन कठिन भएको पनि उनले जानकारी दिए । छिटो तौल बढ्ने, मासु राम्रो हुने र आम्दानी पनि राम्रो हुने भएपछि पछिल्लो समय किसान बोयर बाख्रापालनतर्फ आकर्षित भएका छन् ।

सामान्यतया छ महीनासम्मको बोयर पाठापाठी ३० किलोसम्मको हुने गर्छ । किसानले ८० किलोभन्दा बढी तौलका बोका पालेर बिक्री गर्दै आएका छन् ।

सन् १९ सयको पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रामा छिटो शारीरिक बृद्धि, तौल वृद्धि, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमता बढी हुने र स्थानीय हावापानी अनुकूल भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । रासस

प्रतिक्रिया दिनुहोस्