काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही बागती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक/दुई स्थानहरूमा अहिले वर्षा भइरहेको छ।
आज देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ।
भोलि र पर्सि दुई दिन पनि देशभर सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ भने गण्डकी, कर्णाली, बागमती तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको दक्षिणतर्फ अवस्थित छ। साथै भारतको मध्यप्रदेशमा वनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।
" /> काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली रही बागती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक/दुई स्थानहरूमा अहिले वर्षा भइरहेको छ।आज देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ।

">