काठमाडौं। पोखरा विश्वविद्यालय एक वर्षदेखि पदाधिकारीविहीन छ। जसका कारण शैक्षिक, प्रशासनिक एवं आन्तरिक व्यवस्था अस्तव्यस्त बनेको छ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले तत्काल पदाधिकारी नियुक्ति गर्न सरकारसँग माग गरेको छ।
विश्वविद्यालयका उपकुलपतिले २०७६ असार २९ गते पदीय जिम्मेवारी छोडेपश्चात् पद रिक्त छ। यस बीचमा पटक-पटक निमित्त उपकुलपति नियुक्त गरिएको भएता पनि अन्तिमपटक नियुक्त गरिएका निमित्त उपकुलपतिको कार्यकाल समेत वैशाखमा सकिएको परिषद्ले जनाएको छ।
उपकुलपतिको नियुक्ति नहुँदा र पटक-पटक दैनिक कार्यसञ्चालनका लागि मात्र अस्थायीरूपमा उपकुलपतिको जिम्मेवारी तोकिँदा महिनौँदेखि विश्वविद्यालय नै नेतृत्वविहीन बनिरहेको भन्दै तत्काल नियुक्तिको माग गरेको हो।
“उपकुलपतिद्वारा सिफारिस र मनोनयनमा नियुक्ति हुने रजिष्ट्रार, परीक्षा नियन्त्रक, विभिन्न संकायका डीन, निर्देशक विश्वविद्यालय सेवा आयोग, प्राज्ञिक परिषद्लगायतका क्षेत्रमा विभिन्न महत्त्वपूर्ण पदाधिकारीको नियुक्ति हुन सकेको छैन। जसका कारण पदाधिकारी नियुक्त हुन नसक्दा विद्यार्थीहरूको पठनपाठन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र दीक्षान्त समारोह आदि महत्त्वपूर्ण कार्यहरू समेत नराम्ररी प्रभावित भएका छन्,” परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा. रामजी गौतम र महासचिव सुरेन्द्रप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
" /> काठमाडौं। पोखरा विश्वविद्यालय एक वर्षदेखि पदाधिकारीविहीन छ। जसका कारण शैक्षिक, प्रशासनिक एवं आन्तरिक व्यवस्था अस्तव्यस्त बनेको छ।प्राज्ञिक विद्यार्थी परिषद् नेपालले तत्काल पदाधिकारी नियुक्ति गर्न सरकारसँग माग गरेको छ।

">