काठमाडौं। २०७६ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको छ।
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको हो। गत वर्ष चार लाख ७२ हजार ७८ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा तयार पारेर एक साता अघि नै बोर्डलाई बोर्डलाई बुझाएको थियो। बोर्डले प्रमाणीकरण गरेसँगै नजिता प्रकाशित गरिएको परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए।
यो वर्ष बोर्डले ग्रेड सार्वजनिक नगरिने नियन्त्रक खकुरेलले बताए। “स्कुलले नै नतिजा तयार पारेर हामीलाई दिएको हो। हामीले त नियमानुसार प्रमाणीकरण मात्र गरिदिएका हौं,” नियन्त्रणक खकुरेलले भने, “अब विद्यार्थीले वेबसाइटबाट मात्र आफ्नो ग्रेड हेर्न सक्नेछन्।”
कोरोना महामारीका कारण विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पारिएको थियो। त्यसका लागि मन्त्रिपरिषद्काे बैठकले विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तयार पारिएको नतिजालाई बोर्डले राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो।
गत जेठ २८ गते बसेको मन्त्रिपरिषद्काे बैठकले आन्तरिक मूल्यांकन आधारमा विद्यालयले नै मूल्यांकन गर्ने र बोर्डले मान्यता दिने निर्णय गरेको थियो। सोही आधारमा विद्यालयहरूले मूल्यांकन गर्दै उक्त नतिजा बोर्डलाई पठाइएका थिए।
गत ६ चैतबाट तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएको थियो। त्रुटि सच्याउन चाहने विद्यार्थीले अब बोर्डमै जानुपर्ने बाध्यता भने हटेको छ।
यस वर्ष विद्यार्थीले नतिजा प्रकाशित भएको ३५ दिनभित्र फारम भरेर शिक्षा, विकास तथा समन्वय इकाइमा पठाएको खण्डमा इकाइबाटै त्रुटि सच्याउन सकिने परीक्षा नियन्त्रक खकुरेलले बताए।
नतिजा कसरी हेर्ने?
प्रकाशित नतिजा हेर्नका लागि विभिन्न विधि अपनाउन सकिनेछ।
नेपाल टेलिकमका ग्राहकहरूले १६०० डायल गरेर नतिजा हेर्न सक्नेछन्।
त्यस्तै नेपाल टेलिकमको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय तथा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत् पनि नतिजा हेर्न सकिनेछ।