काठमाडौं। चिनियाँ भ्याक्सिन कम्पनी केनसाइनो बायोलोजिक्स कर्पोरेसनलाई कोरोना भ्याक्सिन ‘एडी५–एनसीओभी’को पेटेन्ट (आविष्कारको पूर्ण अधिकार) स्वीकृति दिइएको छ। यो समाचार चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले छापेको छ।
चीनको बौद्धिक सम्पदा नियामक संस्थाले अगस्ट ११ मा केनसाइनोलाई भ्याक्सिनको पेटेन्ट दिएको हो। चीनले कोभिड–१९ विरुद्धको भ्याक्सिनलाई मञ्जुरी दिएको यो पहिलो हो। यद्यपि, यसलाई वैज्ञानिक उपलब्धि नमानेर व्यावसायिक सफलता मानिएको छ।
वाल्टर एन्ड एलिजा हल इन्स्टिच्युट अफ मेडिकल रिसर्चका प्राध्यापक मार्क पेलिग्रिनीले दि गार्जियन अखबारसँग भने, ‘‘यो पेटेन्टले अब कुनै पनि कम्पनीले यो भ्याक्सिनको नक्कल गर्न नपाउने बनाएको छ। तर क्लिनिकल ट्रायलका निम्ति अगाडि बढ्न पेटेन्ट कुनै अनिवार्य मापदण्ड होइन।’’
पेलिग्रिनीका अनुसार यो भ्याक्सिनबारे केही साताअघि मेडिकल जर्नल लेन्सेन्टमा खबर आएको थियो। सोही समय अक्सफोर्ड समूहले पनि आफ्नो भ्याक्सिनबारे जानकारी प्रकाशित गरेको थियो। दुवै भ्याक्सिनमा कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउनका लागि एडेनोभाइरस(रुघा र सामान्य संक्रमण गर्ने भाइरस)को प्रयोग गरिएको छ।
साउदी अरबले यही महिना केनसाइनोको भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्ने योजना बनाएको बताएको थियो। केनसाइनोले तेस्रो चरणको परीक्षणका लागि रुस, ब्राजिल र चिलीसँग पनि कुरा गरिरहेको छ।
भ्याक्सिनलाई पेटेन्ट मञ्जुरी मिल्नासाथ केनसाइनोको हङकङ सेयर मूल्य ह्वात्तै बढेको छ। हङकङ सेयरमा १४ प्रतिशत र सोमबार दिउँसोसम्म संघाई सेयरमा ६.६ प्रतिशत वृद्धि हुन पुगेको छ।
(बीबीसी)