कैलाली। कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-११ बेलास्थित नन्दलाल रानाको घरबाट सालका विभिन्न आकारका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेम प्रहरीले बरामद गरेको छ। अवैध काठ राख्ने रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
गोदावरी नगरपालिका-९ स्थित भित्री सडकबाट राँगा डल्लफमा तिन गोलीया सालको काठ लगी रहेको अवस्थामा राँगा, डल्लफसहित धनगढी उपमहानगरपालिका-११ बेलाका मुन्ना चौधरी पनि पक्राउ परेका छन्।
.jpg)
सोही नगरपालिकाको वडा नं ९ स्थित सिद्धार्थ फर्निचर उद्योगका सञ्चालक जगतराम चौधरीको घरमा लुकाइछिपाइ राखेको अवस्थामा सिसमका ८१ थान कडी, ९१ थान फ्रेम र सालका १६ थान कडी र २२ थान फ्रेम पनि प्रहरीले बरामद गरेको छ।
बरामद गरिएका काठ, मोटरसाइकल, राँगा, डल्लफसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागी डिभिजन वन कार्यालय कैलालीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
रासस
" /> कैलाली। कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-११ बेलास्थित नन्दलाल रानाको घरबाट सालका विभिन्न आकारका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेम प्रहरीले बरामद गरेको छ। अवैध काठ राख्ने रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।

">