दाङ। प्रदेश ५ प्रहरी प्रमुख तथा १७ वटा मातहत कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ।
प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्रबहादुर धानुक तथा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटा जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी स्कुल दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरूबीच प्रदेश प्रहरी कार्यालय तुलसीपुर आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक धानुकले कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयनका लागि लगनशीलता र प्रतिबद्धताका साथ क्रियाशील भई लक्ष्य पूरा गर्न निर्देशन दिएका थिए।
शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण र समुदाय केन्द्रित प्रहरी कार्यहरूलाई मुख्य प्राथमिकता दिन उनले जोड दिएका थिए।
" /> दाङ। प्रदेश ५ प्रहरी प्रमुख तथा १७ वटा मातहत कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ।प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्रबहादुर धानुक तथा प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, १२ वटा जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी स्कुल दाङ समेत १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरूबीच प्रदेश प्रहरी कार्यालय तुलसीपुर आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो।

">