काठमाडौं। कोरोना भाइरसको महामारीबाट सिर्जित संकटका बाबजुद बंगलादेशले अर्थतन्त्रलाई सही ढंगले सम्हालेको छ।
कोरोना संकटकालमा पनि अर्थतन्त्र खस्कन नदिँदा आर्थिक वर्ष २०१९-२० मा बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ५.२४ प्रतिशतले वृद्धि भएको छ।
कूल गार्हस्थ उत्पादनमा भएको यो वृद्धिमाथि समीक्षा गर्ने क्रममा विश्वभरका अर्थशास्त्रीहरूले बंगलादेशको अर्थव्यवस्था अन्य देशको तुलनामा चाँडै सही बाटोमा फर्किने अनुमान गरेका छन्।
बंगलादेशको आर्थिक वृद्धिदर सकारात्मक रहँदा दक्षिण एसियाका अन्य देशहरूको अर्थव्यवस्थामा भने नकारात्मक प्रभाव परेको छ।
कोरोना भाइरसको महामारीका कारण दक्षिण एसियाका अन्य देशमा अनुमानभन्दा निकै कम आर्थिक वृद्धिदर देखिएको छ।
कोरोना संकट दौरान बितेको महिना जुलाईमा बंगलादेशको निर्यात ०.६ प्रतिशतले बढेर तीन अर्ब ९१ करोड डलर पुगेको थियो। अप्रिलमा भने निर्यात ८३ प्रतिशतले घटेर ५२ करोड डलरमा ओर्लिएको थियो। दुई महिनामै बंगलादेशको अर्थतन्त्रमा नाटकीय सुधार देखिएको छ।
बंगलादेशको आयातमा पनि विस्तारै सुधार भइरहेको छ। मे महिनाको तुलनामा जुनमा ३६ प्रतिशतको वृद्धि देखिएको थियो।
यसका साथै वर्ष २०२० मा वैदेसिक रोजगारीमा गएका बंगलादेशीले पठाउने रेमिट्यान्समा पनि १८ अर्ब २० करोड डलरको कीर्तिमानी वृद्धि भएको छ।
जुलाईमा बंगलादेशमा विदेशी मुद्रा भण्डारणमा पनि कीर्तिमानी (३७ अर्ब एक करोड डलर)को वृद्धि भएको छ।
महामारी दौरान आपूर्ति व्यवस्था नराम्ररी प्रभावित भए पनि कृषि क्षेत्रबाट आर्थिक वृद्धिमा ठूलो योगदान भएको बताइएको छ।
स्ट्यान्डर्ड चाटर्ड बैंकको ग्लोबल रिसर्च टिमका अनुसार कोरोना महामारीका कारण बंगलादेशी उत्पादनका प्रमुख निर्यातकेन्द्र अमेरिका र युरोपेली संघको स्थिती गम्भीर छ।
यसका साथै कोरोना संकटका कारण पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटका कारण मध्यपूर्वको अर्थव्यवस्था समस्यामा छ।
अधिकांश बंगलादेशीहरूले वैदेशिक रोजगारीबाट देश रेमिट्यान्स भित्र्याउने क्षेत्र मध्यपूर्व भएकाले त्यहाँको स्थिति खराब हुनु बंगलादेशको अर्थव्यवस्थाका लागि पनि चिन्ताको विषय हो।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीबाट सिर्जित संकटका बाबजुद बंगलादेशले अर्थतन्त्रलाई सही ढंगले सम्हालेको छ।कोरोना संकटकालमा पनि अर्थतन्त्र खस्कन नदिँदा आर्थिक वर्ष २०१९-२० मा बंगलादेशको कूल गार्हस्थ उत्पादनमा ५.२४ प्रतिशतले वृद्धि भएको छ।

">