कपिलवस्तु। मायादेवी गाउँपालिका-८ सानो नन्दनगर बस्ने ७० वर्षीय हरिराम पासीको स्थानीयको कुटपिटबाट मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
नाला सफा गर्ने विषयलाई लिएर कुटपिट हुँदा तीनजना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुलरीबिजुवा र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा हरिरामको बाटोमै मृत्यु भएको थियो।
अन्य दुईजना घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान थालिएको छ।