सिन्धुली। जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ।
सवारीसाधनसँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरिएको हो। निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
उनीहरूले बा ६ ख ५५६३ नम्बरको सवारीसाधनसँग रकम लिएको उजूरी परेको र आर्थिक प्रलोभनमा परी आफूलाई दिइएको जिम्मेवारी इमान्दारी साथ निर्वाह नगरेको जनाउँदै निलम्बन गरिएको कार्यालयले जनाएको छ।
निलम्बित प्रहरीलाई सोधपुछ गर्दा रकम लिएको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा उनीहरूमाथि थप छानविन गर्न समिति समेत गठन गरेको छ।
प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले आफ्नो काममा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरिरहेको जानकारी दिए।
प्रलोभनमा पर्ने भइसकेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रासस
" /> सिन्धुली। जिल्ला प्रहरी कार्यालयले दुई प्रहरीलाई निलम्बन गरेको छ।सवारीसाधनसँग पैसा लिएको उजूरीका आधारमा दुई प्रहरीलाई निलम्बन गरिएको हो। निलम्बित हुनेमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार कमलबहादुर खड्का र प्रहरीचौकी ढुङ्ग्रेबास सिन्धुलीमा कार्यरत प्रहरी जवान वीरबहादुरप्रसाद यादव रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

">