नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु, खराब जीवनशैली कारक
प्रदेश ३ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका अनुसार आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण नसर्ने रोगको कारक बनेको छ।
निर्देशनालयका निर्देशक बद्रीबहादुर खड्काले नेपालमा ८५ प्रतिशत मानिस नसर्ने रोगको समस्या लिएर अस्पताल आउने गरेको जानकारी दिएका छन्।
मुटुरोग, रक्तचाप, मृर्गौला, मधुमेह, दम, अर्बुदलगायतका रोग नसर्ने रोग हुन्।
नेपालको मुख्य समस्या बनेको ८५ प्रतिशत नसर्ने रोगमध्ये १८ प्रतिशत मानिस मानसिक रोगका बिरामी भेटिएका निर्देशनालयले जनाएको छ।
पुरुषको तुलनामा महिलामा चिन्ता र निराशा रहने समस्या बढी छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्