काठमाडौं। कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका भारतको उत्तर प्रदेश सरकारका मन्त्री चेतन चौहानको आज अन्तिम संस्कार गरिँदैछ। जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएका चौहानको हिजो मृत्यु भएको थियो। उनको आज धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पछि ७२ वर्षे चौहानलाई उपचारार्थ गुरुग्रामको मेदान्त अस्पताल भर्ना गरिएको थियो। चौहान योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड, तथा नागरिक सुरक्षा मन्त्रालयका मन्त्री थिए। शुरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई लखनउको एसजीपीजीआई अस्पताल भर्ना गरिएको थियो।
अघिल्लो शुक्रबार उनको मृगौला र रक्तचापमा समस्या शुरू भएको थियो। स्वास्थ्यस्थिति सुधार हुनुको साटो झनै गम्भीर हुँदै गएपछि उनलाई पछि मेदान्त अस्पताल लगिएको थियो। कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने चौहान यूपी सरकारका दोस्रो मन्त्री हुन्। यसअघि कमला रानी वरुणको पनि कोरोना भाइरस संक्रमणपछि उपचारको क्रममा मृत्यु भएको थियो।
उत्तर प्रदेशको अमरोहाबाट १९९१ र १९९८ मा गरी दुईपटक लोक सभामा निर्वाचित भएका चौहानले १९८१ मा भारतको प्रतिष्ठित अर्जुन अवार्ड पाएका थिए। उनी क्रिकेटर पनि हुन्। १२ वर्ष लामो क्रिकेट करिअरमा चौहानले ४० टेस्ट खेल्दै दुई हजार ८४ रन बनाएका थिए। त्यसक्रममा उनले १६ अर्धशतक प्रहार गर्नुका साथै दुई विकेट लिएका थिए। आफ्नो जमानामा सुनिल गावास्करसँग उनको ओपनिङ जोडी निक्कै प्रशंसित थियो।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका भारतको उत्तर प्रदेश सरकारका मन्त्री चेतन चौहानको आज अन्तिम संस्कार गरिँदैछ। जुलाई १९ मा कोरोना संक्रमण पुष्टि भएका चौहानको हिजो मृत्यु भएको थियो। उनको आज धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।पछि ७२ वर्षे चौहानलाई उपचारार्थ गुरुग्रामको मेदान्त अस्पताल भर्ना गरिएको थियो। चौहान योगी आदित्यनाथ नेतृत्वको उत्तर प्रदेश सरकारमा सैनिक कल्याण, होमगार्ड, तथा नागरिक सुरक्षा मन्त्रालयका मन्त्री थिए। शुरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई लखनउको एसजीपीजीआई अस्पताल भर्ना गरिएको थियो।

">