गलेश्वर। बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ।
विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन शुरू गरेको हो। पुस्तक १०० पूर्णाङ्कको रहेको छ ।
नगरभित्रका १० वटै वडालाई समेटेर ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पशुपालन र अन्य विविधि विषयलाई पुस्तकमा समावेश गरिएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए।
आगामी वर्ष क्रमशः कक्षा २, ३, ४ र ५ को पुस्तक तयार पार्न नगर कार्यपालिकाले स्वीकृतिसमेत दिइसकेको छ। बेनी नगरपालिकामा संस्थागत १६ र सामुदायिक ५६ विद्यालय छन्।
स्थानीय पाठ्यक्रम लागू भएपछि विद्यार्थीले समग्र नगरलाई बुझ्ने मौका पाउने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए। रासस
" /> गलेश्वर। बेनी नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेर विद्यालयलाई वितरण गरेको छ।विद्यार्थीलाई स्थानीय विषयवस्तुका बारेमा जानकारी गराउने उद्देश्यले नयाँ शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिकाभित्रको समग्र विषयवस्तुलाई समेटेर कक्षा १ का लागि ‘मेरो नगरपालिका’ नामको पुस्तक विद्यालयमा पठाउन शुरू गरेको हो। पुस्तक १०० पूर्णाङ्कको रहेको छ ।

">