काठमाडौं। विक्रम संवत् ११९० देखि शुरू भएको प्रवेशिका परीक्षा (एसएलसी) धेरै पटक खारेज हुने चर्चा चल्यो। कहिले १२ कक्षासम्मको पढाई सकेपछिमात्र एसएलसी गर्ने हल्ला पनि चले।
अर्थात, १० कक्षासम्मलाई स्कूल मानिँदै आएकोमा अब १२ सम्मलाई नै त्यसो मानिने भन्दै बहस भए। तर, स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रको ‘फलामे ढोका’को उपमा पाएको यो परीक्षाले कक्षा १० मै गतवर्षसम्म निरन्तरता पाइरह्यो।
यो परीक्षा आवश्यक कि अनावश्यक जस्ता धेरै हल्ला र बहस चले। हामी नै एसएलसीको अन्तिम ‘ब्याच’ होलाकी भन्ने पनि धेरै पुस्ताले सोचे। विभिन्न चर्चा परिचर्चाबाट गुज्रिएको एसएलसी २०७३ सालमा आएर माध्यमिक प्रवेशिका परीक्षा (एसईई) मा रूपान्तरण भयो। नाम परिवर्तन भयो। तर, महत्त्व, अस्तित्व र अवधारणा सबै उस्तै। सोचमा फेरि पनि उही ‘फलामे ढोका’।
“आइरन गेट’ मानिने एसईई कस्तो हुन्छ, त्यसको अनुभव गर्न चाहन्थेँ,” काठमाडौंको भ्यालिभ्यू स्कुलकी आश्रिति पौडेल भन्छिन्, “जीवनको अहम मानिने यो परीक्षा आफ्नो क्षमताको आधारमा पास गरेर त्यसै अुनसारको परिणाम चाहन्थेँ। र, दिन पाएको भए आफूलाई भाग्यशाली ठान्थेँ।”
“भोलि चैत ६ गते बिहीबार, एसईई सुरु हुन्छ। र १४ गते सकिन्छ, त्यसपछि काठमाडौं घुम्न जान्छु,” यस्तै सोच्दै थिइन्, विराटनगरकी समीक्षा पोखरेल। तर, एकाएक अर्को सूचना जारी नभइन्जेल सम्मका लागि एसईई स्थगित हुने समाचारले उनको सपना र योजनामा धक्का लाग्यो। अर्को सूचना कुर्दा कुर्दै दुई महीना बित्नै लागेको थियो, अर्को सूचना जारी भयो- एसईई नहुने।
शैक्षिक क्षेत्रमा आमुल परिवर्तनको परिभाषा दिएर यो संरचना खारेजीका लागि भएका विभिन्न राजनीतिक प्रस्ताव र बहसबाट छुट्न नसकेको नेपाली विद्यार्थीको एसईई लत अन्ततः कोरोना भाइरसले छुटाइदियो।
“नतिजाको भन्दा पनि सुन्दै महत्त्वपूर्ण र भारी लाग्ने परीक्षा एसईई दिँदाको अनुभव लिन पाइएन,” आश्रितिको गुनासो।
काठमाडौंको व्यस्त दिनचर्चा र साँघुरो जीवनशैलीमा १० वर्षे स्कूले जीवनले वाक्क भएकी आश्रितिको एसईई सकिएको भोलिपल्ट नै घुम्न जाने तयारी थियो।
'ब्रिज कोर्स', लगायत दुनियाँ कुरा गर्ने सोच नभए पनि “एसईईका लागि चाहीँ मेरो तयारी राम्रो थियो,” उनी भन्छिन्, “तीन महीनाको ब्रेकमा आनन्द लिने घुम्ने, गितार बजाउन सिक्ने र त्यसपछि नयाँ ऊर्जा र उत्साहसहित ११ कक्षामा पाइला राख्ने।”
हुनत, विद्यालयको प्रारम्भिक शिक्षा सकेर करियर खोज्ने शिक्षा कक्षा ११ मा विद्यार्थीले एउटा विशेष विषय रोजेपछि नै शुरू हुन्छ। एसईईको तयारीसँगै विद्यार्धीले डाक्टर-इञ्जिनियर बन्ने सपना पनि यसै बेला बुनिसक्छन्।
१० सकेर ११ कक्षामा भर्ना हुनुभन्दा अगाडिको तीन महीनाको समय विद्यार्थीको जीवनमा महत्वपूर्ण हुने गर्छ। किशोरावस्थामा भर्खर प्रवेश गरेका विद्यार्थीमा त्यो तीन महिने समय ‘कुलिङ ब्रेक’ जस्तो हुन्छ।
१० वर्षे स्कूल लाइफमा खुम्चिएको मन र साँघुरिएको दैनिकीबाट बाहिर निस्केर नतिजा नआएसम्मको तीन महीना दिल खोलेर रमाइलो गर्ने। अनि उच्च माध्यमिक शिक्षाका लागि धेर-थोर तयारी पनि।
“परीक्षा नै नदिई पाएको मार्कसिटले अरुको तुलनामा कम महत्त्व पाउला कि भन्ने डर पनि छ। अहिलेको यो ग्यापले पछि गएर पढाई र करियरमा पनि ठूलो असर पार्छ। किनभने, एक त पढ्ने बानी हरायो। अरु जस्तो अनलाइन कक्षाहरू पनि भएनन्।”

“नहुने सूचना नआउन्जेल अलि अलि त पढ्दै थिएँ, त्यसपछि त त्यो पनि छोडियो,” समीक्षा भन्छिन्, “अहिले त यो गर्छु भन्ने नै छैन। एसईई भइसकेको भए अलि अलि घुम्थेँ अनि केही सिक्थेँ पनि। सायद 'ब्रिज कोर्स' गर्थेँ।”
तर, कोभिड-१९ महामारीका कारण त्यो पनि भएन। “अहिले इन्टरनेट चलाउँछु बस्छु, रिजल्टकै प्रतिक्षाभन्दा केही गरेकी छैन।”
“रिजल्ट पनि खोई सोचेजस्तो आउँदैन होला” समीक्षाको गुनासो, “आन्तरिक मुल्यांकन गर्ने भनेको छ। पीर मान्दै उनले थपिन्, “इन्टरनलको लागि त खासै तयारी गरिएको हुँदैन नि त, एसईई दिन पाएको भए चाहीँ राम्रो हुन्थ्यो कि!”
झापाको सेन्ट जेभियर्स स्कूलबाट एसईई दिने तयारीमा थिइन्, स्मृति प्याकुरेल।
“धुमधामसँग घुम्ने योजना थियो। तर, एसईई नै नभएपछि दिक्कै लाग्दो भएको छ। सबै योजना पनि चौपट भइहाले,” स्मृति भन्छिन्।
नतिजाको पनि खासै राम्रो आउला भन्ने आश छैन उनलाई।
त्यति खेरै परीक्षा दिएको भए राम्रो हुनेमा विश्वस्त स्मृतिले एसईईका लागि तयारी पनि राम्रो गरेकी थिइन्।
भन्छिन्, “तयारी पनि त राम्रो थियो नि त। तर, अब आन्तरिक मूल्यांकनबाट पनि चित्त त बुझाउनै पर्यो। तर, रोज्नु पर्दा त राम्रो तयारीबिनाको आन्तरिक परीक्षाभन्दा पढेको बेला एसईई नै रोज्थेँ।”
प्राय सबैले आन्तरिकलाई भन्दा एसईईलाई बढी मेहनत गरेका हुन्छन्। एसईईका लागि विद्यार्थीको तयारी पनि त्यस्तै थियो, आन्तरिकभन्दा बाह्यलाई बढी महत्त्व।
तर, कोरोनाले त्यो महत्व पनि माटोमै मिलाइदियो। न घुम्ने योजना नै सफल भयो, न केही कुरा सिक्न नै पाइयो।
“अहिले त केही पनि छैन। न त केही सिक्न पाइयो न त पढाइ नै अगाडि बढ्यो। यस्तो ‘प्रोडक्टिभ’ समय त्यतिकै खेर गयो,” स्मृति भन्छिन्।
परीक्षा भएन। तर, आन्तरिक मुल्याङ्कनबाटै भए पनि नतिजा निस्किने भयो। तर, त्यत्तिमै चित्त बुझाएर भर पर्न सकिने अवस्था नरहेको रोजबड स्कूल काठमाडौंका स्वरुप तिमल्सिना बताउँछन्।
“आन्तरिक परीक्षाहरूभन्दा एसईईलाई निश्चिय नै धेरै तयारी थियो, र आन्तरिकमा लेखेअनुसारको प्राप्ताङ्क पाइँदैन थियो। गलत नियतले होइन, विद्यार्थीले अझै मेहेनत गरुन भनेर स्कूलले त्यसो गर्थ्यो। तर, अब त्यसले हामीलाई घाटा हुने भयो,” स्वरुप भन्छन्, “यो त छँदै छ, पछि गएर हाम्रो सर्टिफकेटमाथि नै प्रश्न नउठ्ला भन्न सकिँदैन।”
परीक्षा नै नदिई पाएको मार्कसिटले अरुको तुलनामा कम महत्त्व पाउला कि भन्ने डर पनि अहिले विद्यार्थीलाई छ। स्वरुप भन्छन्, “अहिलेको यो ग्यापले पछि गएर पढाई र करियरमा पनि ठूलो असर पार्छ। किनभने, एक त पढ्ने बानी हरायो। अरु जस्तो अनलाइन कक्षाहरू पनि भएनन्।”
स्वरुपको पनि एसईई सकेर परिवारसँग घुम्न जाने योजना थियो। “त्यो पनि सफल भएन,” उनले गुनासो पोखे।
" /> काठमाडौं। विक्रम संवत् ११९० देखि शुरू भएको प्रवेशिका परीक्षा (एसएलसी) धेरै पटक खारेज हुने चर्चा चल्यो। कहिले १२ कक्षासम्मको पढाई सकेपछिमात्र एसएलसी गर्ने हल्ला पनि चले।अर्थात, १० कक्षासम्मलाई स्कूल मानिँदै आएकोमा अब १२ सम्मलाई नै त्यसो मानिने भन्दै बहस भए। तर, स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रको ‘फलामे ढोका’को उपमा पाएको यो परीक्षाले कक्षा १० मै गतवर्षसम्म निरन्तरता पाइरह्यो।

">