म्याग्दी। मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भइन्। हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएकी हुन्। पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।

पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्ट्रेचरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो। पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताइन्।

अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो। बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो।

अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मङ्गला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो। गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्परसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महीनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन्। साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ।  गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ। ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए।

राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए।

रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ। सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन। बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ।   रासस

" /> म्याग्दी। मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भइन्। हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएकी हुन्। पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।

पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्ट्रेचरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो। पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताइन्।

अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो। बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो।

अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मङ्गला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो। गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्परसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महीनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन्। साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ।  गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ। ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए।

राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए।

रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ। सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन। बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ।   रासस

"> बेनी-जोमसोम यात्रा जोखिमपूर्ण, एक महीनामा दुई जनाको मृत्यु: Dekhapadhi
बेनी-जोमसोम यात्रा जोखिमपूर्ण, एक महीनामा दुई जनाको मृत्यु
म्याग्दी। मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भइन्। हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएकी हुन्। पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए।

पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्ट्रेचरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो। पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताइन्।

अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो। बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो।

अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मङ्गला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो। गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्परसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महीनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन्। साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ।  गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ। ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए।

राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ। गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताए।

रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ। सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए।

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन। बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ।   रासस

प्रतिक्रिया दिनुहोस्