काठमाडौं। नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टालाई पक्राउ गरेको हो।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार पीडित महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार र एक्सचेञ्ज चार्ज बुझाउनु पर्यो भनी कोस्टाले उक्त रकम ठगी गरेका छन्।
उनलाई दुई दिनअघि सोल्टी होटलबाट पक्राउ गरिएको हो।
“पक्राउ कोस्टाले भन्सार छुटाउनका लागि आवश्यक पीडित महिलासँग थप २० लाख मागेपछि प्रहरीको टोलीले शुक्रबार सोल्टी होटलबाट नियन्त्रणमा लिएको हो”, प्रवक्ता कार्कीले भने। प्रहरीका अनुसार उनले सोही दिन अर्की युवतीबाट पनि ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ। खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत बरामद गरेको छ। उनी २०७६ फागुनमा नेपाल आएका थिए।
ती व्यक्तिसँग नेपाली तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटीएम कार्ड, ल्यापटप एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री बरामद गरेको छ।
उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।