काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली भई अहिले प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, प्रदेश ५ , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १ तथा बागमती प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।
ती स्थानहरू भएर बहने साना-ठूला नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा भित्रिएकोले देशभर मौसमको प्रभाव परेको विभागले जनाएको छ।
" /> काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदली भई अहिले प्रदेश ५ तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आगामी २४ घण्टा देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, प्रदेश ५ , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १ तथा बागमती प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ।

">