काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको अनुगमन गरेका छन्। पोखरा महानगरपालिका-३१ मोहोरियास्थित अस्पताल पुगेका मुख्यमन्त्री गुरुङलाई गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले अस्पतालबाट भइरहेका सेवा प्रवाहवारे जानकारी गराएका थिए।
निरीक्षणका क्रममा मुख्यमन्त्रीले अन्य प्रदेशका तुलनामा गण्डकीमा कोरोना संक्रमण कम भए पनि पछिल्ला दिन पोखरामा तीव्ररुपमा बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले व्यक्तिगत स्वास्थ्यका साथै समुदायको स्वास्थ्य रक्षाका लागि प्रत्येकले आ-आफ्नो तर्फबाट सावधानी र सजगता अपनाउनुपर्नेमा जोड पनि दिए।
सङ्क्रमण बढिरहेको विद्यमान अवस्थामा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्ने उनले जानकारी दिए।
हाल उक्त अस्पतालमा १२ संक्रमितले उपचार गराइरहेका छन्।
रासस
" /> काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको अनुगमन गरेका छन्। पोखरा महानगरपालिका-३१ मोहोरियास्थित अस्पताल पुगेका मुख्यमन्त्री गुरुङलाई गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले अस्पतालबाट भइरहेका सेवा प्रवाहवारे जानकारी गराएका थिए।निरीक्षणका क्रममा मुख्यमन्त्रीले अन्य प्रदेशका तुलनामा गण्डकीमा कोरोना संक्रमण कम भए पनि पछिल्ला दिन पोखरामा तीव्ररुपमा बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले व्यक्तिगत स्वास्थ्यका साथै समुदायको स्वास्थ्य रक्षाका लागि प्रत्येकले आ-आफ्नो तर्फबाट सावधानी र सजगता अपनाउनुपर्नेमा जोड पनि दिए।
सङ्क्रमण बढिरहेको विद्यमान अवस्थामा सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले थप निर्णय गर्ने उनले जानकारी दिए।
हाल उक्त अस्पतालमा १२ संक्रमितले उपचार गराइरहेका छन्।
रासस
">