बर्दिया। बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
निषेधाज्ञाको अवधिमा स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्वलगायत धार्मिक-सांस्कृतिक कार्य गर्नका लागि जमघट गर्न पाइने छैन। त्यस्तै शैक्षिक संस्था सञ्चालन, सभा, गोष्ठी, तालीम, सेमिनार पनि गर्न पाइने छैन।
शैलून, ब्युटी पार्लर र जिमखाना सञ्चालनमा पनि निषेधाज्ञा अवधिभर रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए।
" /> बर्दिया। बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।निषेधाज्ञाको अवधिमा स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्वलगायत धार्मिक-सांस्कृतिक कार्य गर्नका लागि जमघट गर्न पाइने छैन। त्यस्तै शैक्षिक संस्था सञ्चालन, सभा, गोष्ठी, तालीम, सेमिनार पनि गर्न पाइने छैन।
शैलून, ब्युटी पार्लर र जिमखाना सञ्चालनमा पनि निषेधाज्ञा अवधिभर रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए।
">