नेपाली सेनाका सहायक रथी र महासेनानीसहित तीन जना बर्खास्त, तीन जनाको घटुवा
काठमाडौं। नेपाली सेनाका एक सहायक रथी, एक महासेनानी र एक प्रमुख सुवेदारलाई सेवाबाट हटाइएको छ। सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उनीहरूमाथि कारबाही गरिएको हो।

जसअनुसार सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरिएको हो। तीनै जनालाई समरी जनरल सैनिक अदालतले दोषी ठहर गर्दै सेवाबाट हटाउन आदेश दिएको नेपाली सेनाले जनाएको छ।

त्यस्तै  सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतको एक तह घटुवा गरिएको छ। प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिइएको छ। महासेनानी राजेन्द्रमणी गिरी र लेखा सुवेदार नवराज पाण्डे (अवकाशप्राप्त) लाई भने सैनिक अदालतले सफाइ दिएको छ।

सबैविरुद्ध पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसुर गरेको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस्