रौतहटमा एक युवककाे हत्या
<p>राैतहट। रौतहटको गरुडा नगरपालिका-८, वसपिट जिगाडियाका २० वर्षीय निरन्जन रामको हत्या भएकाे छ।</p>
<p>अपरिचित व्यक्तिहरूले धारिलो हतियार प्रहार गरी आइतबार बिहान उनको हत्या गरेका हुन्। </p>
<p>प्रहरी चौकी विर्ता र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले उनको शव साेही ठाउँस्थित खेतमा फेला पारेको हो।</p>
<p>हत्यामा संलग्नहरूकाे खोजी भइरहेकाे रौतहट प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
