काठमाडौं। अवैधानिक लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गर्नुका साथै एक मोटरसाइकल बरामद गरेको छ।
पर्साको जिरा भवानी गाउँपालिकास्थित बलुवाबाट प्रहरीले हिजो दिउँसो ८ थान कोडिन फस्फेट एण्ड चाओर्चे निरामाइन मालियाटे सिरब, ४० थान नाइट्रोभेट ट्याबलेट र २ थान स्पास्मो क्याप्सुलसहित स्थानीय २५ वर्षे युवा सचिकान्त चौधरीलाई पक्राउ गरेको थियो।
यसैगरी सर्लाहीको बागमती नगरपालिका–३ स्थित राजमार्ग चोकबाट अवैध लागुऔषध लुकाएर राखेको अवस्थामा एक मोटरसाइकल बरामद् गरिएको छ।
प्रहरीले नम्बर प्लेट नभएको उक्त मोटरसाइकलबाट ६३ बोतल वालरेक्स भेटेको थियो।
स्थानीय प्रहरीले उक्त मोटरसाइकल तथा लागुऔषधको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ।
" /> काठमाडौं। अवैधानिक लागुऔषधसहित प्रहरीले एक युवालाई पक्राउ गर्नुका साथै एक मोटरसाइकल बरामद गरेको छ।पर्साको जिरा भवानी गाउँपालिकास्थित बलुवाबाट प्रहरीले हिजो दिउँसो ८ थान कोडिन फस्फेट एण्ड चाओर्चे निरामाइन मालियाटे सिरब, ४० थान नाइट्रोभेट ट्याबलेट र २ थान स्पास्मो क्याप्सुलसहित स्थानीय २५ वर्षे युवा सचिकान्त चौधरीलाई पक्राउ गरेको थियो।

">