काठमाडौं। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकास्थित एक होटलमा कौडा खेलिरहेका सातजनालाई प्रहरीले झण्डै तीन लाख रूपैयाँ नगदसहित पक्राउ गरेको छ।
कुमार श्रेष्ठ र प्रधुम्न वैद्यको स्वामित्वमा रहेको स्थानीय सगुन होटलमा गएराति प्रहरीले झापा मार्दा कौडा खेलिरहेका स्थानीय मानबहादुर लोप्चन र मानबहादुर गुरुङ, सर्लाही बागमती नगरपालिकाका ताराकुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिकाका जयराम दास, कलैया उपमहानगरपालिकाका विनोदप्रसाद यादव, सल्यानका भुवन चन्द र सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका पदम नेवारलाई पक्राउ गरिएको छ।
कौडा खेल्दै गरेका उनीहरूबाट दुई लाख ९१ हजार ५०० रूपैयाँ र कौडा बरामद् गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
“उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचना आएपछि त्यसैको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो,” प्रहरीको बुलेटिनमा भनिएको छ, “जिल्ला प्रहरी कार्यालय बाराले यसमाथि थप अनुसन्धान गरिरहेको छ।”
" /> काठमाडौं। बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकास्थित एक होटलमा कौडा खेलिरहेका सातजनालाई प्रहरीले झण्डै तीन लाख रूपैयाँ नगदसहित पक्राउ गरेको छ।कुमार श्रेष्ठ र प्रधुम्न वैद्यको स्वामित्वमा रहेको स्थानीय सगुन होटलमा गएराति प्रहरीले झापा मार्दा कौडा खेलिरहेका स्थानीय मानबहादुर लोप्चन र मानबहादुर गुरुङ, सर्लाही बागमती नगरपालिकाका ताराकुमार श्रेष्ठ, बारा परवानीपुर गाउँपालिकाका जयराम दास, कलैया उपमहानगरपालिकाका विनोदप्रसाद यादव, सल्यानका भुवन चन्द र सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका पदम नेवारलाई पक्राउ गरिएको छ।

">