काठमाडौं। काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको मूर्तिसहित प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२२, टेबहालस्थित वीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मूर्तिसहित लामालाई पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका-४, महाराजगंज गणेशवस्तीस्थित चिनियाँ नागरिक काओसफिङ पिङको कम्पनीबाट ६ थान ल्यापटप र एक थान हार्ड डिस्क चोरी भएको प्रहरीले जनाएको छ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, नयाँबजारस्थित अष्टबक्र इङ्लिस बोर्डिङ स्कुलबाट विभिन्न कम्पनीका २ थान ल्यापटप, ५ थान मोनिटर, ६ थान सिपियु, ३ थान प्रोजेक्टर , ११ थान पंखा, २ थान साउण्ड सिस्टम र १८ थान कपडाको पर्दाहरू गरी करिब ६ लाख रूपैयाँ मूल्य बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। काभ्रे घर भएका ३० वर्षीय रोशन लामालाई चोरीको मूर्तिसहित प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका–२२, टेबहालस्थित वीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त मूर्तिसहित लामालाई पक्राउ गरेको हो।

">