चन्दौटा। कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।
विजयनगर गाउँपालिका-१ र ५ को सीमामा रहेको खोलाम बनाइएको पुलको लागत ८४ लाख १० हजार ३०० रूपैयाँ छ। लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै बर्खाको बेला स्थानीयवासीलाई आवतजावतमा सहज भएको बताए।
झोलुङ्गे पुलले वडा नम्बर १ का बासिन्दालाई सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराईले बताए। वर्षैदेखि यहाँका बालबालिका पानी परेको बेला खोला बढेर विद्यालय जान नसक्ने अवस्थामा रहेको अर्रा प्राविका प्रध्यानाध्यापक सुदिप सारुले बताए।
झोलुङ्गे पुल निर्माण भएपछि गाउँवासी खुशी भएका छन्। बजार गएको बेला पानी परेमा उतै रोकिनुपर्ने बाध्यता अब हटेको स्थानीयवासी शिवनाथ यादवले बताए।
झोलुङ्गे पुल निर्माण भएपछि विजयनगर गाउँपालिकाका भगरापुर, नयाँबस्ती, वीरनगर, अस्नारा, मन्नगरा, थरौलीलगायत गाउँका झण्डै ८०० घरपरिवारलाई आवातजावतमा सहज भएको छ। रासस
" /> चन्दौटा। कपिलवस्तुको चिराई खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ।विजयनगर गाउँपालिका-१ र ५ को सीमामा रहेको खोलाम बनाइएको पुलको लागत ८४ लाख १० हजार ३०० रूपैयाँ छ। लिडो नेपाल संस्थाको सहयोगमा निर्माण सम्पन्न पुलको गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले शुभारम्भ गर्दै बर्खाको बेला स्थानीयवासीलाई आवतजावतमा सहज भएको बताए।

">