सर्लाही। बागमती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउनुपर्ने निर्णय गरेको छ।
नगर शिक्षा ऐन सार्वजनिक गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको हो।
स्थानीय स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय तहलाई प्राप्त शिक्षासम्बन्धी अधिकार प्रयोग गरी नगर शिक्षा ऐन निर्माण गरिएको नगरप्रमुख भरतकुमार थापाले बताए।
तत्काल कार्यान्वयन शुरु गर्ने गरी निर्माण गरिएको शिक्षा ऐन सार्वजनिक गर्दै नगरप्रमुख थापाले नगरभित्रका सरकारी सेवा सुविधा उपभोग गरिरहेका जोसुकैले अनिवार्यरूपमा आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए।
आफ्नो नगरपालिकामा काम गर्ने कर्मचारी वा आफ्नो नगरभित्रका कर्मचारी तथा जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने गरेको पाइए राज्य र नगरबाट उपलब्ध गराइने सम्पूर्ण सेवासुविधा रोक्का गर्नुका साथै कारवाहीसमेत गरिने नगरपालिकाले जनाएको छ।
आफूहरु जनप्रतिनिधि भएर आउँदा सामुदायिक विद्यालयमा दुई हजार ५०० विद्यार्थी रहेकामा अहिले सात हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको र सामुदायिक विद्यालयको पठनपाठनमा समेत निकै सुधार आएको नगरप्रमुख थापाले दाबी गरे।
चालु शैक्षिकसत्रमा नगरका सामुदायिक विद्यालयमा १० हजार विद्यार्थी पुर्याउने लक्ष्य भने कोरोना महामारीका कारण प्रभावित भएको छ। रासस
" /> सर्लाही। बागमती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउनुपर्ने निर्णय गरेको छ।नगर शिक्षा ऐन सार्वजनिक गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको हो।

">