काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको शनिबार निधन भएको छ। न्यूयोर्कस्थित एक अस्पतालमा उपचाररत उनी ७१ वर्षका थिए।
ह्वाइट हाउसका तर्फबाट जारी विज्ञप्तिमा राष्ट्रपति ट्रम्पका भाइको निधन भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पताल गएर गम्भीर बिरामी परेका आफ्ना भाइलाई अन्तिम भेट गरेका थिए।
भाइको निधनले दुःखी भएका ट्रम्पले भनेका छन्, ‘‘म भावुक मनले भनिरहेको छु भाइ तिमी मेरो मनको निकै नजिक थियौ। तिमी केवल मेरा भाइ होइन, मेरो सबैभन्दा मिल्ने साथी पनि थियौ। तिमी एकदमै याद आउनेछौ। तिम्रो सम्झना मेरो दिलमा रहने छ, रोबर्ट, आई लभ यु...।’’
राष्ट्रपति ट्रम्प यतिखेर नोभेम्बरको निर्वाचनलाई लिएर निकै व्यस्त र तनावमा छन्। उनी दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्ने दाउमा छन्। निर्वाचन जित्न उनी आप्रवासी तथा अन्य धर्मका मानिसलाई आकर्षित गर्ने प्रयायसमा छन्। चुनाव प्रचारका लागि उनले चार वटा नयाँ संगठनसमेत बनाएका छन्। एजेन्सी
" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको शनिबार निधन भएको छ। न्यूयोर्कस्थित एक अस्पतालमा उपचाररत उनी ७१ वर्षका थिए।ह्वाइट हाउसका तर्फबाट जारी विज्ञप्तिमा राष्ट्रपति ट्रम्पका भाइको निधन भएको बताइएको छ। राष्ट्रपति ट्रम्पले शुक्रबार अस्पताल गएर गम्भीर बिरामी परेका आफ्ना भाइलाई अन्तिम भेट गरेका थिए।

">