काठमाडौं। इरानी राष्ट्रपति हसन रुहानीले संयुक्त अरब एमिरेट्स (यूएई)ले इजरालयसँग सम्झौता गरेर ठूलो गल्ती गरेको बताएका छन्।
शनिबार उनले एक भाषणमा भने, ‘‘यूएईले धोका दिएको छ।’’ इरानको कट्टरवादी अखबार कायहानका मुख्य सम्पादकले पनि यूएईले आफूले आफैंलाई विरोधको वैध निशाना बनाएको बताएका छन्।
बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र यूएईबीच सम्झौता भएको घोषणा गरेका थिए। यो सम्झौताको उद्देश्य क्षेत्रीय रुपमा शक्तिशाली देश इरानविरुद्ध गठजोडलाई मजबुत पार्नु रहेको बताइन्छ।
टेलिभिजनमा भाषणका क्रममा रुहानीले यूएईलाई चेतावनी दिँदै मध्यपूर्वमा इजरायललाई मजबुत पार्दा गम्भीर परिणाम भोग्नु पर्ने बताएका छन्।
उनले भने, ‘‘यूएई सावधान रहोस्। उसले निकै ठूलो गल्ती गरेको छ, विश्वासघात गरेको छ। हामीलाई विश्वास छ उसले आफ्नो गल्ती महसुस गर्ने छ र त्यो गलत बाटो हिँड्न बन्द गर्ने छ।’’
कायहानले पहिलो पृष्ठमै यूएईले प्यालेस्टिनी जनतालाई ठूलो धोका दिएको लेखेको छ। यो सम्झौताको मुख्य उद्देश्य नोभेम्बरमा हुने अमेरिकाको निर्वाचनमा असर पार्नु हो। निर्वाचनमा ट्रम्पको उम्मेदवारीलाई मजबुत पार्नु हो।
‘‘यसकारण पनि यो सम्झौता वासिङ्टनले गरेको हो,’’ रुहानीले भने, ‘‘यदि यो सम्झौता गलत थिएन भने अर्को देश (अमेरिका) मा बसेर किन गरियो ? भोट बढाउने खेल हो यो। आफ्नो देश, आफ्ना नागरिक र मुसलमान तथा अरब मुलुकलाई दिइएको धोका हो यो।’’
यूएईले भने इजरायलसँगको सम्झौताको अर्थ इरानलाई जवाफ दिनु नरहेको बताएको छ। यूएईका विदेशमन्त्री अनवर मरगासले ब्लुमबर्गसँग भने, ‘‘यो सम्झौता इरानसँग जोडिएको छैन। यो यूएई, इजरायल र अमेरिकाका बारेमा हो। यसको उद्देश्य कुनै पनि अर्थमा इरानविरुद्ध कुनै समूह बनाउनु रहेको छैन।’’
(बीबीसी)
" /> काठमाडौं। इरानी राष्ट्रपति हसन रुहानीले संयुक्त अरब एमिरेट्स (यूएई)ले इजरालयसँग सम्झौता गरेर ठूलो गल्ती गरेको बताएका छन्।शनिबार उनले एक भाषणमा भने, ‘‘यूएईले धोका दिएको छ।’’ इरानको कट्टरवादी अखबार कायहानका मुख्य सम्पादकले पनि यूएईले आफूले आफैंलाई विरोधको वैध निशाना बनाएको बताएका छन्।

">