बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत एक महीनादेखि अवरुद्ध बनेको छ । विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्रका ९०० घरपरिवार प्रभावित भएका छन् ।
विद्युतको नहर माथितिर सडक खनिएकाले सो क्षेत्रमा पहिरोले बगाउन थालेपछि एक महीनादेखि विद्युत सेवा अवरुद्ध भएको हो। पहिरोले नहर भत्काउन थालेकाले विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन्।
लामो समयसम्म विद्युत अवरोध भएपछि बजारमा सञ्चालन हुने विभिन्न सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प हुनुका साथै कोल्टी बजारमा सञ्चालन भएका इलेक्ट्रोनिक पसलसम्म कामकाज गर्न असहज भएको छ।
नहर बनाउन कामदार लगाएर बनाएको विद्युत चलाएको एक/दुई दिन नबित्दै सडकबाट पहिरो आएर नहर अवरुद्ध हुने गरेकाले पटक-पटक यसरी नहर बिग्रिने गरेको बूढीनन्दा-३ का धन बोहराले बताए।
समिति र गाउँले मिली नहर बनाएर विद्युत सञ्चालनमा ल्याए पनि पहिरो आएर नहर पुरिएकाले सञ्चालनमा ल्याउन सम्भव नभएको बड्डीगाड लघु जलविद्युतका व्यवस्थापक ध्रुव रेग्मीले जानकारी दिए। रासस
" /> बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिकाको दानसाँघुमा रहेको बड्डीगाड लघु जलविद्युत एक महीनादेखि अवरुद्ध बनेको छ । विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्रका ९०० घरपरिवार प्रभावित भएका छन् ।विद्युतको नहर माथितिर सडक खनिएकाले सो क्षेत्रमा पहिरोले बगाउन थालेपछि एक महीनादेखि विद्युत सेवा अवरुद्ध भएको हो। पहिरोले नहर भत्काउन थालेकाले विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन्।

">