जाजरकोट। तीन दिनअघि भेरी नगरपालिका-११ मा एकनासले सिमसिम पानी परिरहेको थियो। पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बिरामी ल्याउँदै थिए।

सात दिनदेखि टाउको दुख्ने समस्या समाधान नभएपछि डोकोको सहारामा चौरजहारी अस्पतालमा बिरामी ल्याउन बाध्य भएको पानीमा भिजेका श्याम विकले बताए।

“हाम्रो गाउँमा सडक पुगेको छ, तर हामीसँग गाडीमा बिरामी लैजानका लागि पैसा छैन। गाडीलाई दिने पैसाले उपचार गर्न सजिलो होला भनेर डोकोमा बोकेर ल्याएका छौँ”, उनले भने, “बिरामीलाई स्वास्थ्य संस्था लैजाने पैसा छैन भनेर हारगुहार धेरै ठाउँमा गरेका थियौँ तर हाम्रो कुरा कसले पो सुन्थ्यो र ? गाडीवालाले पनि डोकोमै बोकेर चार घण्टामा पुगिने ठाउँमा १५ हजार भन्छन्, यत्रो पैसा कहाँबाट दिनु ?”

भेरी नगरपालिका-११ को दलित बस्तीमा बिरामी हुने अधिकांश सर्वसाधारण बिरामी हुँदा डोकोमा राखेर उपचार गर्न ल्याइने गरेको अर्का स्थानीयवासी घनश्याम विकले बताए। उनले भने, “कतिले त उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । उपचार गर्ने पैसा छैन, रोग पालेर बस्दाबस्दै धेरैको ज्यान गएको छ।”

घनश्यामका अनुसार पहुँच हुने र हुनेखानेले घरको प्राङ्गणमै गाडी ल्याएर बिरामीको उद्धार गरी सुविधासम्पन्न ठाउँमा उपचार गर्न लैजान्छन् तर गरीबले भने सिटामोल किन्ने पैसा नहुँदा दैनिक हारगुहार माग्नुपरेको अवस्था छ।

“बाह्र जना दलित समुदायका सर्वसाधारण घरबारविहीन अवस्थामा छन्”, स्थानीय युवा अमृत विकले भने, “गाँस र बासको ठेगान नभएका सर्वसाधारण बिरामी हुँदा झन् के हालत होला ?”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका दलित सर्वसाधारणको समयमा उपचार नपाएर अकालमै ज्यान जाने गरेको छ । आर्थिकरूपमा कमजोर रहेका दलित समुदायका मानिस रोग पालेर मृत्युको मुखमा पर्ने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले बताए।

उनका अनुसार स्वास्थ्य संस्थाको कम पहुँच रहेको बारेकोटमा उपचार नपाएर मृत्यु हुनेको सङ्ख्या धेरै छ। स्वास्थ्य संस्थामा आउन र जानका लागि मात्र एक दिनभरि लाग्ने बारेकोट गाउँपालिकाका विभिन्न बस्तीमा प्रभावकारी उपचार सेवा पाउन मुस्किल भएको बारेकोट-५ का दानबहादुर विकले बताए ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा समेत प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा धेरैको ज्यान जाने गरेको छ । वडकुलेको स्वास्थ्य संस्था निर्माण गर्न लागेको नौ वर्ष बित्यो, अहिलेसम्म निर्माण पूरा भएको छैन।

गाउँपालिकाको पहलमा अहिले गर्खाकोटमा चिकित्सक ल्याएर गाउँमै उपचार गर्ने वातावरण सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले दाबी गरे।

हेमन्त केसी/रासस

" /> जाजरकोट। तीन दिनअघि भेरी नगरपालिका-११ मा एकनासले सिमसिम पानी परिरहेको थियो। पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बिरामी ल्याउँदै थिए।

सात दिनदेखि टाउको दुख्ने समस्या समाधान नभएपछि डोकोको सहारामा चौरजहारी अस्पतालमा बिरामी ल्याउन बाध्य भएको पानीमा भिजेका श्याम विकले बताए।

“हाम्रो गाउँमा सडक पुगेको छ, तर हामीसँग गाडीमा बिरामी लैजानका लागि पैसा छैन। गाडीलाई दिने पैसाले उपचार गर्न सजिलो होला भनेर डोकोमा बोकेर ल्याएका छौँ”, उनले भने, “बिरामीलाई स्वास्थ्य संस्था लैजाने पैसा छैन भनेर हारगुहार धेरै ठाउँमा गरेका थियौँ तर हाम्रो कुरा कसले पो सुन्थ्यो र ? गाडीवालाले पनि डोकोमै बोकेर चार घण्टामा पुगिने ठाउँमा १५ हजार भन्छन्, यत्रो पैसा कहाँबाट दिनु ?”

भेरी नगरपालिका-११ को दलित बस्तीमा बिरामी हुने अधिकांश सर्वसाधारण बिरामी हुँदा डोकोमा राखेर उपचार गर्न ल्याइने गरेको अर्का स्थानीयवासी घनश्याम विकले बताए। उनले भने, “कतिले त उपचार नपाएर अकालमै ज्यान गुमाएका छन् । उपचार गर्ने पैसा छैन, रोग पालेर बस्दाबस्दै धेरैको ज्यान गएको छ।”

घनश्यामका अनुसार पहुँच हुने र हुनेखानेले घरको प्राङ्गणमै गाडी ल्याएर बिरामीको उद्धार गरी सुविधासम्पन्न ठाउँमा उपचार गर्न लैजान्छन् तर गरीबले भने सिटामोल किन्ने पैसा नहुँदा दैनिक हारगुहार माग्नुपरेको अवस्था छ।

“बाह्र जना दलित समुदायका सर्वसाधारण घरबारविहीन अवस्थामा छन्”, स्थानीय युवा अमृत विकले भने, “गाँस र बासको ठेगान नभएका सर्वसाधारण बिरामी हुँदा झन् के हालत होला ?”

जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा रहेका दलित सर्वसाधारणको समयमा उपचार नपाएर अकालमै ज्यान जाने गरेको छ । आर्थिकरूपमा कमजोर रहेका दलित समुदायका मानिस रोग पालेर मृत्युको मुखमा पर्ने गरेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयका प्राचार्य गोरखबहादुर सिंहले बताए।

उनका अनुसार स्वास्थ्य संस्थाको कम पहुँच रहेको बारेकोटमा उपचार नपाएर मृत्यु हुनेको सङ्ख्या धेरै छ। स्वास्थ्य संस्थामा आउन र जानका लागि मात्र एक दिनभरि लाग्ने बारेकोट गाउँपालिकाका विभिन्न बस्तीमा प्रभावकारी उपचार सेवा पाउन मुस्किल भएको बारेकोट-५ का दानबहादुर विकले बताए ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा समेत प्रभावकारी स्वास्थ्य सेवा नपाउँदा धेरैको ज्यान जाने गरेको छ । वडकुलेको स्वास्थ्य संस्था निर्माण गर्न लागेको नौ वर्ष बित्यो, अहिलेसम्म निर्माण पूरा भएको छैन।

गाउँपालिकाको पहलमा अहिले गर्खाकोटमा चिकित्सक ल्याएर गाउँमै उपचार गर्ने वातावरण सिर्जना गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले दाबी गरे।

हेमन्त केसी/रासस

"> गाउँमा सडक, डोकोमा बिरामी !: Dekhapadhi
गाउँमा सडक, डोकोमा बिरामी !

प्रतिक्रिया दिनुहोस्