काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा अलपत्र परेका नेपालीको उद्धारलाई तीब्र बनाउन सरकारसँग माग गरेको छ। दैनिक ५०० मात्र उद्धार गर्ने सरकारी नीतिले समस्या भएको भन्दै संघले उद्धारलाई तीब्र बनाउन माग गरेको हो।
संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर, उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने बताए।
उनका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरू यो निर्णयले थप निराश बनेका छन्। विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ।
उनले सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने बताए। विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन उनको आग्रह छ।
यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजागर कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो।
५१ हजार ४४१ जनाको उद्धार
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ। विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरूलाई उद्धार गरिएको हो।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा अलपत्र परेका नेपालीको उद्धारलाई तीब्र बनाउन सरकारसँग माग गरेको छ। दैनिक ५०० मात्र उद्धार गर्ने सरकारी नीतिले समस्या भएको भन्दै संघले उद्धारलाई तीब्र बनाउन माग गरेको हो।संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले सरकारको निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर, उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने बताए।

">