प्रतीकात्मक तस्वीर।
महाेत्तरीकाे राजपुरमा सर्पकाे सन्त्रास : एउटै सर्पले १६ जनालाई डस्याे !
महाेत्तरी। महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले डसेपछि स्थानीयवासी त्रसित भएका छन्।

महोत्तरीको भङ्गहा नगरपालिका-५ ,राजपुरमा १६ जनालाई सर्पले डसेपछि स्थानीवासी त्रसित भएका हुन्।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले डसेकाे भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए।

बिहीबार धानखेतमा काम गरिरहेका बेला ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले डसेपछि उनको मृत्यु भएको थियो।

अहिले त्यहाँका  स्थानीयवासी आ-आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताए।

शुक्रबार सात महिला र एक पुरुषलाई सर्पले डसेकाे भन्दै सर्पदंश उपचार केन्द्र बर्दिवासमा भर्ना गराइ उपचार भइरहेको छ।

अन्य सातजनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ।

नगर प्रमुख साहले बर्दिवास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्