कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ
<p>काठमाडौं। आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको आराेपमा बाराको निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई पक्राउ परेका छन्।</p>
<p>सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भएकी थिइन्।</p>
<p>उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।</p>
<p>घटनापछि इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले सुकुलेलाई पक्राउ गरेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
