काठमाडौं। सिन्धुपाल्चोकको जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आजको बैठकले भदौ १ गतेबाट जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको छ। छिमेकी जिल्लाहरूमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले सिन्धुपाल्चोकमा जोखिमको सम्भावनालाई मध्यनजर गरी भदौ १ गतेदेखि सात दिनका लागि लकडाउन गर्ने निर्णय गरिएको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनको लागि भदौ १ गते विहान ५ बजेदेखि ७ गते राति १२ बजेसम्म विविध गतिविधिहरू निषेध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
उक्त अवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र हिँड्डुल गर्न नपाइने भनिएको छ। त्यसैगरी, आधारभूत खाद्यसामग्री, तरकारी पसल, दुध, डेरी, पेट्रोल पम्प, ग्यास डिपो, औषधि पसल र निर्माण सामाग्रीका पसल बाहेक अन्य पसल सञ्चालनमा रोक लगाइएको छ।
सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने र बैंक तथा वित्तीय संस्थाहरू दिनको ११ बजेदेखि २ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ।
होटल तथा रेष्टुरेन्ट टेकअवेका लागि मात्रै सञ्चालन गर्न पाइने, शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने, सबै प्रकारका तालिम गोष्ठी, सभा, सेमिनार सञ्चालन गर्न नपाइने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ। चाडपर्वहरु पनि पारिवारिक रूपमा मात्रै मनाउन भनिएको छ।