काठमाडौं। जबर्जस्ती करणी उद्योग र चोरी अभियोगमा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-७ का ३३ वर्षीय तेजकुमार धामीलाई पक्राउ गरेको छ।
उनले ५२ वर्षीया महिलालाई जबर्जस्ती करणी उद्योग गर्नुका साथै महिलाको सुनको कुन्डल र नाकमा लगाएको सुनको फुली चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।
ती महिला धरान उपमहानगरपालिका-१७ स्थित उदय सामुदायिक वनमा निगुरो टिप्न गएको र महिलालाई धामीले धारिलो हतियार खुकुरी देखाई जबर्जस्ती करणी उद्योग गर्नुको साथै गरगहना चोरी गरी फरार भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धामीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार धामीविरुद्ध जबरजस्ती करणी उद्योग तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको छ।
" /> काठमाडौं। जबर्जस्ती करणी उद्योग र चोरी अभियोगमा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-७ का ३३ वर्षीय तेजकुमार धामीलाई पक्राउ गरेको छ।उनले ५२ वर्षीया महिलालाई जबर्जस्ती करणी उद्योग गर्नुका साथै महिलाको सुनको कुन्डल र नाकमा लगाएको सुनको फुली चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

">