चक्कु प्रहार गरी युवकको हत्या
<p>काठमाडाैं। काठमाडौंको टोखा नगरपालिका-९ मा धारिलो हतियार (चक्कु) प्रहारबाट एक जनाको हत्या भएको छ। गोङ्गबु बसपार्क नजिकै दीपज्योतिमा शुक्रबार साँझ चक्कु प्रहारबाट नुवाकोटका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हो। </p>
<p>महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता सोमेन्द्रसिंह राठौरले तामाङको हत्यामा संलग्न दोलखाका २४ वर्षीय आङदोर्जे शेर्पालाई आज बिहान माछापोखरीस्थित नागार्जुन गेष्ट हाउसको १०१ नं कोठाबाट पक्राउ गरिएको जानकारी दिए।</p>
<p>तारकेश्वरस्थित गोर्खा खाजा घरमा शुक्रबार राति विवाद भएपछि झडप हुँदा चक्कु प्रहारबाट तामाङको मृत्यु भएको थियो। तामाङको शव अहिले ग्रिनसिटी अस्पताल बसुन्धरामा राखिएको छ। हत्याका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए।</p>
प्रतिक्रिया दिनुहोस्
