झापा। बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले च्यापेर आज एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरू ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए।
घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उपचारकै क्रममा एन्जलको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको डीएसपी थापाले बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। रासस
" /> झापा। बिर्तामोड नगरपालिका–१ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले च्यापेर आज एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

">