काठमाडौं। बिरामी भाउजुलाई भगवती र आफूलाई शिव भगवान बनाएर झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोग लागेपछि सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ गर्नेमा ३८ वर्षीय शंकर ओली रहेका छन्। उनी जिल्लाको शारदा नगरपालिका–८ सिमखर्कका हुन्। ४० वर्षीया भाउजुलाई गएको साउन २० गते बलात्कार गरेको अभियोग उनीमाथि लागेको छ।
“भाउजुलाई भगवती र आफू चाहिँ शिव भगवान भएर झारफुक गरे सञ्चो हुन्छ भन्दै बलात्कार गरेको जाहेरीको आधारमा हामीले पक्राउ गरेका छौं”, सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।
खतिवडाका अनुसार पक्राउ परेका शंकरले शिवले भनेको नमाने अनिष्ट हुने चेतावनी दिएको पनि अनुसन्धानको क्रममा खुलेको छ।
" /> काठमाडौं। बिरामी भाउजुलाई भगवती र आफूलाई शिव भगवान बनाएर झारफुक गर्ने बहानामा बलात्कार गरेको अभियोग लागेपछि सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ।पक्राउ गर्नेमा ३८ वर्षीय शंकर ओली रहेका छन्। उनी जिल्लाको शारदा नगरपालिका–८ सिमखर्कका हुन्। ४० वर्षीया भाउजुलाई गएको साउन २० गते बलात्कार गरेको अभियोग उनीमाथि लागेको छ।

">