सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीमा हिजो बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन्। पहिरामा परेका २७ अझै बेपत्ता छन्।
मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन्।
आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिराेमा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। रासस
" /> सिन्धुपाल्चोक। जुगल गाउँपालिका–२ लिदीमा हिजो बिहान गएको पहिरोमा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन्। पहिरामा परेका २७ अझै बेपत्ता छन्।

">