कैलाली। प्रहरीले गएराति कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका-१ बसपार्कमा रहेको दिपाली होटल एण्ड लजमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जुवा खेलि रहेका ८ जनालाई नगदसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ का रामराज जैसी, लक्ष्मण बुढाथोकी, जीवन अधिकारी, धमिन्द्र रावल, पवन थापा रहेका छन्।
त्यस्तै, वडा नम्बर २ का प्रकाश शाही, वडा नम्बर ४ का पुरन बिक र घोडाघोडी नगरपालिका-१ का अक्कल शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक विष्टले बताए। पक्राउ परेकाहरूलाई जुवा ऐन अन्तरगत कारबाही हुने प्रहरीले जनाएकाे छ।
" /> कैलाली। प्रहरीले गएराति कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ। लम्कीचुहा नगरपालिका-१ बसपार्कमा रहेको दिपाली होटल एण्ड लजमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले जुवा खेलि रहेका ८ जनालाई नगदसहित पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-१ का रामराज जैसी, लक्ष्मण बुढाथोकी, जीवन अधिकारी, धमिन्द्र रावल, पवन थापा रहेका छन्।

">