काठमाडौं। नारायणी नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा बिहान ८ बजे जलसतह सतर्कता तह पार गरेको हो।
नदीमा पानीको बहाव बढिरहेकाले खतराको तह आसपास पुग्न सक्ने भन्दै सतर्क रहन अपील गरिएको छ। चितवन र नवलपरासीको तटीय क्षेत्रका वासिन्दाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।
यसैबीच, सप्तकोशी क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन भनिएको छ। सप्तकोशीमा बहाव सतर्कता आसपास पुग्ने, कोशीको सहायक नदी तमोरमा खतरा आसपास हुने विभागको अनुमान छ।
यस्तै, कर्णाली र यसको सहायक नदीमा बहाब सतर्कता आसपास हुने, महाकालीमा बहाब बढ्ने तर सतर्कता तलै हुने पूर्वानुमान गरिएको छ।
" /> काठमाडौं। नारायणी नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा बिहान ८ बजे जलसतह सतर्कता तह पार गरेको हो।नदीमा पानीको बहाव बढिरहेकाले खतराको तह आसपास पुग्न सक्ने भन्दै सतर्क रहन अपील गरिएको छ। चितवन र नवलपरासीको तटीय क्षेत्रका वासिन्दाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन भनिएको छ।

">