काठमाडौं। जोडिएका दुई देश छुट्टिएर गएपछिको सम्बन्ध कस्तो हुन्छ? एकै आमाबाबुका दुई छोरा अंशबण्डा गरेर अलग बस्न थालेपछिको सम्बन्ध कस्तो हुन्छ ? विशेषगरी हिन्दु समाजमा अंशबण्डाको संस्कार बलियो छ। हाम्रै वरिपरि हेर्ने हो भने अंशबण्डा गरेपछिका दाजुभाइबीचको सम्बन्ध त्यति स्नेही र प्रेमिल देखिन्न। अपवादको स्थान त जहाँ पनि र जहिले पनि जीवित छ। दुई देशबीचको बाँडफाँटको तीतो उदाहरण हेर्न टाढा जानै पर्दैन, भारत र पाकिस्तान छँदै छन्।
भूगोल र जनता भागबण्डा लगाएर छुट्टिएका वा नयाँ देश जन्माउन अघिसरेका भारत–पाकिस्तानबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा कसैले भनिरहनु पर्दैन। ती दुईबीचको कटुतापूर्ण सम्बन्धमा सुधार सात दशकको अवधिमा कहिल्यै आउन सकेन। यतिसम्म कि, दुवै देशका राजनीतिक नेताहरू आफूलाई राष्ट्रवादी देखाउन एकअर्कालाई जतिसक्यो बढी गाली गर्छन्। निर्वाचनमा यही हतियार बलियो बन्न पुग्छ।
बेलायती उपनिवेशबाट १९४७ मा भारत स्वतन्त्र भयो, तत्कालै भारतबाट अलग्गिएर नयाँ देश बन्यो पाकिस्तान। यसरी भारत र पाकिस्तान दुवै देश एकै दिन स्वतन्त्र भएको मानिन्छ, अर्थात् तिनको जन्म एकै दिन भएको हो। झण्डै २०० वर्ष त्यहाँ ब्रिटिस इस्ट इन्डिया कम्पनीले राज गर्यो। उक्त मुलुक स्वतन्त्र भएपछि भारत नाम रहन गयो भने, अर्को पाकिस्तान बन्यो। तर पाकिस्तानले स्वतन्त्रता दिवश अगस्ट १४ का दिन मनाउँछ भने भारतले भोलिपल्ट अर्थात् १५ अगस्टमा।
यी दुई मुलुकबीच स्वतन्त्रता दिवश मनाउने कुरामा समेत प्रतिस्पर्धा चल्दै आएको छ। पाकिस्तानले त यतिसम्म दाबी गर्छ कि, हामी भारतभन्दा एक दिनअघि स्वतन्त्र भएका हौं! तर सामान्य ढंगमा तिथिमितिबारे सोच्दा पनि के निष्कर्षमा पुग्न सकिन्छ भने, सर्वप्रथम बेलायती पञ्जाबाट भारत मुक्त भयो। त्यसपछि नै भारतबाट अलग्गिएर पाकिस्तान बनेको हो। ब्रिटिस इन्डिया सरकारले पाकिस्तान र भारत एकै दिन–एकै समय (१५ अगस्ट) ‘जिरो आवर’मा स्वतन्त्र हुनेछन् भनेको थियो। तर लर्ड माउन्ट बेटनलाई १४ र १५ अगस्ट मध्यरातमा नयाँदिल्लीबाट भारत स्वतन्त्र भएको घोषणा गर्नु थियो। उनलाई चुनिएको सरकालाई सत्ता सुम्पनु थियो र आफू स्वतन्त्र भारतको पहिलो गभर्नर जनरल बन्नु पनि थियो।
जब दुई दाजुभाइ आआफ्नो अंश लिएर छुट्टिन्छन् तब एकअर्काबीच प्रतिस्पर्धा गर्न थाल्छन्। एकअर्कामाथि आरोप–प्रत्यारोप गर्छन्, भएनभएका गल्ती खोज्छन्। भारत–पाकिस्तानबीच पनि यही भएको देखिन्छ। दुवै देशले आआफ्नो उन्नतिका लागि प्रयास गरिरहेका छन्। तर तिनको प्रयासमा कहिले कस्मिर बाटोको ढुंगा भएर उभिन्छ त कहिले धर्म काँडेतार बनिदिन्छ। साँधसिमाना मिचेको आरोप एकअर्कालाई लगाइरहन्छन्। दुई देशका सेना हरदम संघर्षका लागि तयार भएर बस्छन्। मर्न र मार्न उद्यत् हुन्छन्।
दुवै देशले हेक्का के राख्न सकेको देखिँदैन भने, छुट्टिएर जाँदा भूगोल भाग लागे पनि जनताको मन अलग भएको थिएन। कयौं जनता भारत बस्न चाहँदाचाहँदै पाकिस्तान जान बाध्य भएका थिए, त्यसैगरी पाकिस्तानी बन्न चाहेर पनि बाध्यतावश भारतमै बस्दै आउने पनि उत्तिकै छन्। दुवैतिर नातागोता र सम्बन्धका मानिस लाखौं छन्। यसकारण पनि जनस्तरमा यी दुई देशबीच भागबण्डा हुन सकेको छैन। तर, राज्यस्तरको सम्बन्ध भने सधैं जटिल, सधैं दुश्मनीपूर्ण बन्दै आएको छ।
दुई देश छुट्टिँदा पाकिस्तान रोजेका प्रसिद्ध आख्यानकार सआदत हसन मन्टोले आफ्नो जीवनभर विभाजनको पीडा कथामा उतारिरहे। उनका कथाले भारत र पाकिस्तानबीचको विभाजन एउटा दुःस्वप्न करार गरिरहे। मन्टोजस्ता अन्य लेखक पनि छन्, भारत र पाकिस्तानमा। अधिकांश लेखक दुई देशबीच विभाजनप्रति असहमत छन्, तिनले विभाजनबाट उत्पन्न पीडालाई साहित्यमा जीवन्त ढंगमा उतारेका छन्।
जब कोही मानिस छिमेकीसँग झगडा गरिरहन्छ, एकअर्कालाई सिध्याउन लागिपरिरहन्छ, तब उसको आन्तरिक विकास कमजोर बन्छ। उसले विकासका योजना र तिनलाई लागू गर्ने विषयमा भन्दा छिमेकीलाई कसरी समाप्त पार्ने भन्नेबारे ज्यादा चिन्ता गर्छ। त्यही कारण त्यहाँको लोकतन्त्र र वाक्स्वतन्त्रता पनि कमजोर हुन पुग्छ। अहिले भारत र पाकिस्तानको अवस्था ठीक यस्तै छ। तुलनात्मक रूपमा भारतले विकास गरेको देखिन्छ, आवरणमा लोकतन्त्र पनि छ। तर त्यो समान र बलियो ढंगको छैन। असमान विकासले भारतलाई अस्थिर र अशान्त बनाइदिएको छ। धनी र गरिबबीचको खाडल त्यस मुलुकमा अत्यासलाग्दो रहेको छ।
पाकिस्तान पछिल्लो समय कमजोर बन्दै गएको छ। राजनीतिक खिचलो र आन्तरिक द्वन्द्वले त्यस मुलुकलाई अगाडि बढ्न दिएको छैन। ऋणको भारले त्यो मुलुक थिलथिलो बन्दै गएको छ। प्रख्यात क्रिकेटर इमरान खान सत्तामा आएपछि ठूलो अपेक्षा जनताले गरेका थिए। तर उनले पनि अपेक्षाकृत ढंगमा मुलुकलाई अगाडि बढाउन सकिरहेका छैनन्। उनले शुरूआती समयमा भारतसँगको सम्बन्ध सुधार्न प्रयास गरे पनि अहिले आरोप–प्रत्यारोपमा उत्रिन थालेका छन्।
अंशबण्डा गरेर अलग्गिएका दाजुभाइ जसरी परचक्रीसँग हातेमालो गर्दै आफ्नालाई कमजोर बनाउन र हिलो छ्याप्न अग्रसर हुन्छ, त्यस्तै व्यवहार भारत र पाकिस्तानले देखाउँदै आएका छन्। पाकिस्तान कुनै बेला अमेरिकासँग नजिक थियो। अहिले चीनसँग नजिक हुन पुगेको छ। चीनले पाकिस्तानमा लगानी वृद्धि गरिदिएको छ। विकास साझेदार बन्न थालेको छ। बेल्ट एन्ड रोड परियोजना (बीआरआई)मा पाकिस्तानलाई सहभागी गराएको छ।
पाकिस्तानकै कारण चीनको बीआरआईमा भारत सहभागी छैन। चीनले भारतलाई पटकपटक आग्रह गर्दा पनि महत्वाकांक्षी परियोजना बीआरआईलाई भारतले वहिष्कार गर्दै आएको छ। अहिले भारत अमेरिकासँग लहसिएको छ। जगजाहेर छ, अमेरिका र चीनको सम्बन्ध कति चिसिँदै गएको छ भन्ने कुरा!
त्यतिमात्र होइन, दक्षिण एशियाको सामूहिक हितको उद्देश्यले खोलिएको सार्क संगठन पनि भारतकै कारण यतिखेर मृतप्रायः बन्न पुगेको छ। भारत चाहन्छ, पाकिस्तान नरहेको संगठन बनोस् र त्यसको नेतृत्व आफूले गर्न पाइयोस्। भारतको उद्देश्य पाकिस्तानलाई एक्लाउने रहेको छ।
नेपाल र पाकिस्तानबीचको सम्बन्धमा कहिल्यै उतारचढाव आएको छैन। त्यो मुलुकसँग न त सीमा जोडिएको छ न त कुनै ठूलो आयात–निर्यातको कारोबार नै छ। लामो सीमा जोडिएको भारतसँग भने नेपालको सम्बन्धमा उतारचढाव आई नै रहेको छ। अहिले पनि भारतले विवादित सीमामा सडक बनाएर आफ्नो छिमेकीलाई चिढाएको छ। यही कारण नेपाल पनि अर्को छिमेकी चीनसँग लहसिन पुगेको छ।
छिमेकी भर्सेलामा परुन्, मेरै मात्र उन्नति हुनु पर्छ, छिमेकमा आगो लागे लागिरहोस्, त्यसलाई निभाउने जिम्मेवारी मेरो होइन भनी सोच्नु निरंकुश चिन्तन हो। यस्तो चिन्तनले दीर्घकालीन फाइदा गर्दैन। नेपाल संसारमै सबैभन्दा बढी राजनीतिक उथलपुथल भएको मुलुक हो। राजनीति र सत्तामा जोसुकै भए पनि नेपालले कहिल्यै छिमेकीप्रति निरंकुश सोच राखेको छैन। त्यसकारण नेपाल चाहन्छ– छिमेकमा विकास होस्, छिमेक शान्त बनोस् र मप्रति पनि उसले शुभेच्छा राखोस्।
यही चिन्तन भारत, पाकिस्तानले पनि राखून्, दुवै देशलाई ७४ औं जन्म दिवशको हार्दिक मंगलमय शुभकामना!
" /> काठमाडौं। जोडिएका दुई देश छुट्टिएर गएपछिको सम्बन्ध कस्तो हुन्छ? एकै आमाबाबुका दुई छोरा अंशबण्डा गरेर अलग बस्न थालेपछिको सम्बन्ध कस्तो हुन्छ ? विशेषगरी हिन्दु समाजमा अंशबण्डाको संस्कार बलियो छ। हाम्रै वरिपरि हेर्ने हो भने अंशबण्डा गरेपछिका दाजुभाइबीचको सम्बन्ध त्यति स्नेही र प्रेमिल देखिन्न। अपवादको स्थान त जहाँ पनि र जहिले पनि जीवित छ। दुई देशबीचको बाँडफाँटको तीतो उदाहरण हेर्न टाढा जानै पर्दैन, भारत र पाकिस्तान छँदै छन्।भूगोल र जनता भागबण्डा लगाएर छुट्टिएका वा नयाँ देश जन्माउन अघिसरेका भारत–पाकिस्तानबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा कसैले भनिरहनु पर्दैन। ती दुईबीचको कटुतापूर्ण सम्बन्धमा सुधार सात दशकको अवधिमा कहिल्यै आउन सकेन। यतिसम्म कि, दुवै देशका राजनीतिक नेताहरू आफूलाई राष्ट्रवादी देखाउन एकअर्कालाई जतिसक्यो बढी गाली गर्छन्। निर्वाचनमा यही हतियार बलियो बन्न पुग्छ।

">