काठमाडौं। भारतको इन्दौरमा भल्वयुक्त एन-९५ मास्कको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धको आदेश उल्लङ्घन गर्नेलाई सय रुपैयाँ जरिवाना गरिने भएको छ।
टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार केन्द्र सरकारद्वारा पछिल्लो महिना सबै राज्य र केन्द्रशासित राज्यहरूलाई पत्र लेखेर भल्वयुक्त एन-९५ मास्कको प्रयोगबारे सजग गराएको थियो। पत्रमार्फत केन्द्र सरकारले एन-९५ मास्कले कोरोनाको प्रसार नरोक्ने जनाएको थियो। सोही आधारमा इन्दौर प्रशासनले एन-९५ मास्कको प्रयोगमा प्रतिबन्ध लगाएको हो।
इन्दौरका कलेक्टर मनीष सिंहले जारी गरेको आदेशमा यो प्रतिबन्ध स्वास्थ्य अधिकारी र मेडिकल स्टाफमा भने लागू नहुने उल्लेख छ। सिंहले सहरी क्षेत्रका नागरिक अधिकारी र ग्रामिण क्षेत्रका पञ्चायत अधिकारीहरूलाई यो नियम कडाइका साथ पालना गराउन भनेका छन्।
" /> काठमाडौं। भारतको इन्दौरमा भल्वयुक्त एन-९५ मास्कको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्रतिबन्धको आदेश उल्लङ्घन गर्नेलाई सय रुपैयाँ जरिवाना गरिने भएको छ।टाइम्स अफ इन्डियाको रिपोर्टअनुसार केन्द्र सरकारद्वारा पछिल्लो महिना सबै राज्य र केन्द्रशासित राज्यहरूलाई पत्र लेखेर भल्वयुक्त एन-९५ मास्कको प्रयोगबारे सजग गराएको थियो। पत्रमार्फत केन्द्र सरकारले एन-९५ मास्कले कोरोनाको प्रसार नरोक्ने जनाएको थियो। सोही आधारमा इन्दौर प्रशासनले एन-९५ मास्कको प्रयोगमा प्रतिबन्ध लगाएको हो।

">