काठमाडौं। रासायनिक मल कालोबजारी गरेको अभियोगमा कलैयाको राजदेवी टोलबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ परेकामा कलैया उपमहानगरपालिका–१ स्थित कुशवाहा बिज भण्डारका सञ्चालक ३४ वर्षीय मुरारी साह तेली र आसका मिनीमाई कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी धनन्जयप्रसाद साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साल्ड ट्रेडिङ वीरगञ्जबाट उक्त सहकारीलाई अनुदानमा बिक्री गरिएको मल उनीहरूले बढी मूल्य लिई बिक्री गरिरहेका थिए।
उनीहरूले स्टोर गरी राखेको युरिया मल १९ बोरा, सल्फेट १४ बोरा र भारतीय युरिया मल २२ बोरा समेत प्रहरीले बरामद गरेको छ।
उनीहरूविरुद्ध कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। रासायनिक मल कालोबजारी गरेको अभियोगमा कलैयाको राजदेवी टोलबाट दुई जना पक्राउ परेका छन्।पक्राउ परेकामा कलैया उपमहानगरपालिका–१ स्थित कुशवाहा बिज भण्डारका सञ्चालक ३४ वर्षीय मुरारी साह तेली र आसका मिनीमाई कृषि सहकारी संस्था लिमिटेडका कर्मचारी धनन्जयप्रसाद साह रहेका छन्।

">