काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा सरकारी बेवास्ताकै कारण पहिरोबाट जनधनको क्षति पुगेको पाइएको छ।
लिदीका स्थानीयले एक वर्षअघि नै यस भेगका ५०० भन्दा बढी घर पहिरोको जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा निवेदन दिए पनि त्यसको सुनुवाइ नभएको खुलेको हो।
समितिकी तत्कालीन संयोजक गोमादेवी चेमजोङले भौगोलिक अध्ययनका लागि निर्देशन दिनेबाहेक सरकारको तर्फबाट कुनै पनि काम नभएको स्थानीयको गुनासो छ।
जुगल-२ का वडा सदस्य विष्णुलाल दोङसहितका स्थानीयले पूरै गाउँ पहिरोको जोखिममा परेको भन्दै वस्ती स्थानान्तरण गर्नुपर्ने मागसहित एक साताअघि पुनः जिल्ला विपद् व्यवस्थापन समितिमा निवेदन दिएका थिए।

उक्त निवेदनमा आफूहरूले एक वर्षअघि नै समितिमा निवेदन दिएको भए पनि कुनै प्रक्रिया अगाडि नबढेको उल्लेख गरेका छन्।
‘‘हामी निवेदकहरू बस्दै आएको साविक गोल्चे गाविस वडा १, २, ३, ४, ५ हालको जुगल गाउँपालिका-२ मा अविरल वर्षसँगै आएको बाढी र पहिरोका कारण हाम्रो वस्ती अत्यन्तै जोखिममा रहेको छ,’’ यही साउन २३ गते समितिमा पेस गरेको निवेदनमा उल्लेख छ, ‘‘रातभर पानी पर्दा हामी यस भेगका मानिसहरू ढुक्कले सुत्नसमेत पाइरहेका छैनौं।’’
त्यस भेगका नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, बैगाङ टोलसमेतको ५०० भन्दा बढी घर जोखिममा परी वस्ती नै अन्यत्र सार्नुपर्ने अवस्था रहेको जानकारी निवेदनमा गराइएको देखिन्छ।
निवेदनमा थप भनिएको छ, ‘‘यस सन्दर्भमा हामीले त्यस कार्यालयमा एक वर्षअघि निवेदन दिएकोमा समितिको तत्कालीन संयोजक गोमादेवी चेमजोङबाट भौगोलिक अध्ययन गर्ने आदेश भएकोमा त्यस बमोजिम कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेकोले यस जोखिमयुक्त वस्तीको अध्ययन तथा संरक्षणका लागि आवश्यक पहल गरिदिनुहुन अनुरोध छ।’’
पहिरोको मुख्य कारक बलेफी हाइड्रो
लिदीवासीले त्यहाँ पहिरोको मुख्य कारण बलेफी हाइड्रोपावर भएको आरोप लगाएका छन्। वस्तीमुनिको खोलामा निर्माणाधीन ३६ मेगावटको बलेफी ए हाइड्रोपावर कम्पनीले सुरूङ खन्ने क्रममा विष्फोट गर्दा यहाँको पूरा जमिन हल्लिएर आन्तरिकरूपमा क्षतविक्षत बनाएको स्थानीयले निवेदनमा उल्लेख गरेका छन्।
कम्पनीले हाइड्रोपावर निर्माणका क्रममा स्थानीयसँग आवश्यक छलफल र सल्लाहसमेत नगरेको उनीहरूको गुनासो छ। ‘‘हाइड्रोपावर कम्पनीले स्थानीयसँग आवश्यक छलफल र सल्लाह नै नगरी स्थानीयका नाममा केही टाठाबाठासँग मात्रै सल्लाह गरी काम अघि बढाएको, सुरूङ निर्माणका क्रममा ब्लास्टिङलगायतका विष्फोट कार्यका कारण वस्ती नै कम्पन हुने अवस्था सिर्जना भएको र यसरी हल्लिएर आन्तरिक रूपमा क्षतविक्षत भएको जमिन अविरल वर्षका कारण पहिरोमा रूपान्तरित भई यस भेगका बस्ती जोखिममा परेको छ,’’ निवेदनमा उल्लेख छ।

जुगल गाउँपालिकालेसमेत सानोनाम्फा, नाम्फा, सुकुली, लिदी, सञ्चगाउँ, झुल्के, निम्लुङ, बैगाङ टोललगायतका वस्ती पहिरोको जोखिममा रहेको उल्लेख गर्दै आवश्यक अध्ययनका लागि माग गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरेको पाइएको छ। गाउँपालिकाको पत्र र स्थानीयको निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले साउन २३ गते जिल्लास्थित भू तथा जलाधार कार्यालयलाई पत्र लेखेको देखिन्छ।
जोखिमबारे एक वर्षअघि नै जानकारी पाएर पनि सरोकारवाला निकायबाट जोखिम न्यूनीकरणमा आवश्यक कदम नचालेको देखिन्छ। सरकारी निकायको बेवास्ताकै परिणाम लिदीमा शुक्रबार बिहान पहिरोबाट ठूलो धनजनको क्षति हुन पुगेको स्थानीयको भनाइ छ।
पछिल्लोपटक प्राप्त जानकारीअनुसार पहिरोमा पुरिएका ११ जनाको शव निकालिएको छ। जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोमा ३८ जना पुरिएकामा ११ जनाको शव निकालिएको जानकारी दिएकी हुन्। पहिरोले करिब ३७ घर पुरिएको बताइएको छ।
पहिरोमा परी घाइते भएका आठजनालाई उद्धार गरी अस्पताल पुर्याइएको नेपाली सेनाले जानकारी दिएको छ। सेनाका अनुसार चारजनालाई सेनाको हेलिकप्टरमा चौतारा लगिएको र बाँकी चारजनालाई काठमाडौं ल्याइएको छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा सरकारी बेवास्ताकै कारण पहिरोबाट जनधनको क्षति पुगेको पाइएको छ।लिदीका स्थानीयले एक वर्षअघि नै यस भेगका ५०० भन्दा बढी घर पहिरोको जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा निवेदन दिए पनि त्यसको सुनुवाइ नभएको खुलेको हो।

">