चितवन। जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिए।
आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने उनले बताए।
पछिल्लो समय चितवनमा कोभिड-१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नु परेको उनको भनाइ छ।
महानगरपालिकामा गएको चार दिनमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
हालसम्म ९९ जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन्।
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।
अत्यावश्यकबाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ। अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ देखि ८ बजेसम्म पसल खोल्न दिइने बताइएको छ। रासस
" /> चितवन। जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ।

">