काठमाडौं। काठमाडौंको गोंगबुमा भएको हत्या योजनाबद्ध ढंगले भएको देखिएको छ।
प्रहरी अनुसन्धानको क्रममा आवेशप्रेरित नभई योजनाबद्ध हत्या भएको खुलेको हो।
हत्याको आरोपमा पक्राउ परेकी ३७ वर्षीया कल्पना मुडभरी पौडेलले घटनापछि कसरी फरार हुने भन्ने योजना पनि बनाएको पाइएको छ।
प्रहरीका अनुसार उनले एकजना एम्बुलेन्स चालक (हत्यामा संलग्न नभएकाले पहिचान नखुलाइएको) सँग टेलिफोन सम्पर्क गरेर चितवन जाने चाँजोपाँजो मिलाएकी थिइन्।
एम्बुलेन्स चालक उनको नातामा भिनाजु पर्छन्। उनी चिवतनका हुन्। कल्पना पनि चितवनकै कालिका नगरपालिका-७ कि हुन्।
उनको माइती सोही नगरपालिकाको वडा नम्बर-९ शक्तिखोरमा पर्छ। तर, उनी केही वर्ष यता काठमाडौंको टोखा नगरपालिका वडा नम्बर-१० गोंगबुस्थित नवज्योति मार्गमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार कृष्णले केही दिन कल्पनाकै कोठामा बस्ने भनेर केही कपडा पनि बोकेका रहेछन्। कल्पनाले अर्डर गरेअनुसारको सामान पनि किनेर त्यसपछि बा ७२ प ५६४४ नम्बरको स्कुटरमा उनी त्यहाँ पुगेको देखिएको छ।
कल्पना उनै नातामा भिनाजु पर्नेको एम्बुलेन्समार्फत् भाडा तिरेरै २-३ पटक काठमाडौंदेखि चितवन गएको पनि खुलेको छ। सोहीअनुसार कल्पनाले पछिल्लोपटक एम्बुलेन्स चालकसँग साउनको २५ गते टेलिफोन गरेको देखिएको छ। प्रहरीबाट प्राप्त उनीहरूबीच भएको टेलिफोन संवाद यस्तो छ:
कल्पनाः भिनाजु तपाईं कहाँ हुनुहुन्छ?
चालकः चितवनमा छु।
कल्पनाः तपाईं बिरामी लिएर काठमाडौं आउनु हुन्न आजभोलि?
चालकः म भोलि एकजना बिरामी लिएर आउँछु।
कल्पनाः त्यसो भए मलाई लिएर जानु है भिनाजु। बालबच्चा पनि छन्। काठमाडौंमा कोरोना फैलियो। मलाई माइती घरसम्म लगिदिनुपर्छ है।
चालकः हुन्छ।
कल्पनाः कति दिनु भाडा?
चालकः देऊ न ९ हजार जति।
कल्पनाः ९ हजार त दिन्नँ। मिलाएर लानु न भेना।
चालकः कति दिन्छौं त?
कल्पनाः ६ हजार दिन्छु।
चालकः ल, हुन्छ।
कल्पनाः ल बाई।
“उक्त दिन एम्बुलेन्स चालक चितवनमै थिए। यता कल्पनाले पनि कृष्णबहादुर बोहोराको हत्याको सुरसार गरिन्। बोहोरा रोल्पाको रून्टीगढी गाउँपालिकाका हुन्। ४५ वर्षीय बोहोरा कल्पनाको कोठामा घरिघरि आउजाउ गरिरहन्थे। उनी गोंगबुको एक होटलमा बस्ने गर्दथे,” अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, “त्यसैले बोलाउने बित्तिकै कृष्ण नआउला भन्ने उनलाई थिएन। र, सोही दिन साँझ कृष्णलाई फोन गरेर दारू र खाना खान बोलाइन्। आउँदा भोड्का र दही पनि लिएर आउनु भनिन्।”

कल्पनाले प्रहरीलाई दिएको बयानअनुसार कृष्ण पुग्दा उनले मासु र चिउरा तयार गरिसकेकी थिइन्। निद्रा लाग्ने औषधि (स्लिपिङ ट्याब्लेट) पनि ल्याएकी थिइन्।
टाउको कहीँ लगेर फालेर नभेटिएको अवस्थामा प्रहरीलाई शवको सनाखत गर्न गाह्रो हुन्छ। उनले पनि टाउको र खुट्टा एकातिर शरीर अर्कैतिर फालेकी थिइन्।
कृष्ण साँझको ७ बजेतिर पुगे। उनले लगेको दहीमा कल्पनाले सुटुक्कै स्लिपिङ ट्याब्लेट पाँचवटा मिसाइन्। दही पिउन दिएर भोड्का पनि दिइन्।
घटनाको सुरुदेखि अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा भन्छन्, “पानी नहालेर उनले कृष्णलाई भोड्का दिइन्, उनले चाहिँ चलाखीपूर्वक पानी मिसाएर भोड्का खाए जस्तो मात्रै गरिन्, उनी ताजै भइन्।”
“यसपछि भने स्लिपिङ ट्याब्लेट मिसाएको दही र भोड्का पनि खाएपछि कृष्ण ठाडो बस्नै नसक्ने भए। अनि ढल्किए। कल्पना किला ठोक्ने ह्यामर लिन अर्को कोठामा गइन्। ल्याएर कृष्णको अण्डकोषमा हानिन्। त्यतिले चित्त नबुझेपछि आफ्नो सलले मर्याे कि मरेन भनेर कसेर मरेको यकिन गरिन्,” कल्पनाको बयानमा उल्लेख छ।
कृष्णले बारम्बार आफू र छोरीलाई समेत यौन दुर्व्यवहार गर्ने गरेकोले असह्य भएर हत्या गर्ने योजना बनाएको कल्पनाले प्रहरीसमक्ष बताएकी छन्।
हत्यापछि कल्पनाले किन शव टुक्रा-टुक्रा पारिन् ?
कृष्णको हत्या गरेकी कल्पनाले शव व्यवस्थापनमा सजिलो होस् भनेर शवलाई टुक्रा-टुक्रा बनाएकी हुन्। घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार कल्पनाले बयानमा यस्तो भनेकी छन्।
“लास व्यवस्थापन गर्न गाह्रो भयो। त्यसको लागि पहिले घाँटीमा काटेर टाउको अलग गरें। अनि खुट्टा काटें। त्यसपछि शरीर मात्रै फाल्टो भयो। टाउको र खुट्टालाई झोलामा हालेर लान पनि सजिलो हुने भयो। सुटकेशमा नअटेर खुट्टा र टाउको अलग गरेकी हुँ। बाहेकको चाहिँ सुट्केसमा अट्ने भयो। छोरीको सहायता लिएर सुट्केसमा हालेर लगें।”
अपराध महाशाखाका एसएसपी थापाले कल्पनाले बडाे चलाखीपूर्ण तरिकाले हत्या गरेको देखिएको बताए। टाउको कहीँ लगेर फालेर नभेटिएको अवस्थामा प्रहरीलाई शवको सनाखत गर्न गाह्रो हुन्छ। उनले पनि टाउको र खुट्टा एकातिर शरीर अर्कैतिर फालेकी थिइन्।
घटनाक्रमको आधारमा कल्पनाले कृष्णको हत्या निकै योजनाबद्ध ढङ्गले गरेको प्रहरीको निष्कर्ष छ। “यो हत्यालाई आवेशप्रेरित हत्या भन्न मिल्ने देखिन्न, आवेशप्रेरित हत्या तत्काल उठेको रिसका कारण आवेशमा आएर केही प्रहार गरेर वा केही गरेर मृत्यु भएको हुनुपर्छ”, एसएसपी थापाले देखापढीसँग भने, “मनसायपूर्वक सुनियोजित ढङ्गले हत्या गरेको देखियो।”
हत्याको कारण यौन दुर्व्यवहार पनि
हत्याको भोलिपल्ट साउन २६ गते अघिल्लो दिन टेलिफोन सम्पर्क भएकै चालकको एम्बुलेन्समा चढेर चितवन पुगेकी कल्पना सोही दिन पक्राउ परिन्।
उनी हाल महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा छिन्। प्रहरीसँगको प्रारम्भिक बयानको क्रममा उनले हत्या गर्नुको कारण कृष्णले फेसबुकमा ‘कल्पना शाही’ नामको नक्कली फेसबुक आइडी बनाएर चलाएकोले हत्या गरेको बताएकी थिइन्।
प्रहरीले कृष्णको कोठाबाट बरामद् गरेको डायरीमा ६० लाख रूपैयाँ लिनुपर्ने लेखेको पाइएको जनाएको छ। तर, प्रहरीका अनुसार उक्त पैसा कल्पनाबाट लिनुपर्ने वा अरू को बाट भन्ने स्पष्ट छैन।
तर, उनले प्रहरीसँग कृष्णले बारम्बार आफू र छोरीलाई समेत यौन दुर्व्यवहार गर्ने गरेकोले असह्य भएर हत्या गर्ने योजना बनाएको बताएकी छन्।
“कृष्णले उमेर पुगेकी छोरीमाथि पनि यौन दुर्व्यवहार गरेको र छोरीकै अगाडि आफूमाथि यौन दुर्व्यबहार गरेको भन्ने छ”, अनुसन्धानमा संलग्न एसएसपी थापाले भने, “त्यस्तो व्यवहार सहन नसकेर मार्ने योजना बनाएको बताएकी छिन्।”
यससँगै घटनाको पछाडि आर्थिक कारण पनि जोडिएको बताइने गरिएको छ। प्रहरीले कृष्णको कोठाबाट बरामद् गरेको डायरीमा ६० लाख रूपैयाँ लिनुपर्ने लेखेको पाइएको जनाएको छ। तर, प्रहरीका अनुसार उक्त पैसा कल्पनाबाट लिनुपर्ने वा अरू को बाट भन्ने स्पष्ट छैन।
घटनाको अर्को कारण पारिवारिक विचलन पनि हुन सक्ने प्रहरीले जनाएको छ। कल्पना र कृष्णको दुवैको वर्षौंदेखि पारिवारिक विचलन भएको छ।
" /> काठमाडौं। काठमाडौंको गोंगबुमा भएको हत्या योजनाबद्ध ढंगले भएको देखिएको छ।प्रहरी अनुसन्धानको क्रममा आवेशप्रेरित नभई योजनाबद्ध हत्या भएको खुलेको हो।

">